काठमाडौं, १० साउन ।
माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा केही दिनमै सार्वजनिक हुँदै छ । नतिजा प्रकाशित गर्न राष्ट्रिय परीक्षा बोर्डले अन्तिम तयारी गरिरहेको छ ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एक सुचना जारी गर्दै नतिजा प्रकाशित भएपछि बेवसाइट, एसएमएस र आइभीआरबाट पनि हेर्न सकिने जानकारी दिएको छ ।
कक्षा १० को माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा बिहीबार भित्र सार्वजनिक हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
बोर्डको माध्यामिक शिक्षा परीक्षाको परीक्षा नियन्त्रण कार्यलयका परीक्षा नियन्त्रक अर्जुन कुमार रायमाझीले बिहीबारभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरिरहेको बताए ।
२०७९ वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन भएको २०७८ सालको एसईईको परीक्षामा करिब चार लाख विद्यार्थी सहभागी भएका छन् ।
नतिजा प्रकाशनपछि यसरी हेर्नुहोस्:

खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।