शनिबार, असोज १० २०८३
ताजा अपडेट

एन्फा सिइओ नियुक्ति प्रकरणले लियो नयाँ मोड, बच्चुले खडा गरे आफ्नै अध्यक्ष विरुद्ध मोर्चा !


  • शनिबार, साउन ७ २०७९
8.4K
SHARES

फाइल तस्विर

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा भ्रष्टाचार अभियोग लागेका गणेश थापाको छोरा गौरव थापालाई सिइओ नियुक्तिको विषयले नयाँ मोडल लिएको छ । नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष विर बहादुर खड्का (बच्चु) ले सिइओ नियुक्तिको बखेडा निकाल्दै अध्यक्ष पङ्कज नेम्वांगका विरुद्ध मोर्चा खडा गरे सँगै उक्त विषयले नयाँ रूप लिएको हो ।

अखिल नेपाल फुटबल सङ्घ एन्फाका वरिष्ठ उपाध्यक्ष वीर बा. खड्काले काँग्रेस नेता मोहन बस्नेतको आडमा आफ्नै अध्यक्ष विरुद्ध मोर्चा खडा गरेका हुन् ।

गौरव थापालाई सिईओमा नियुक्त गर्न सम्भव नदेखिएपछि खड्काले सह-महासचिव नियुक्त गरेर अगाडी बढ्नु पर्ने बताउँदै आएका थिए । तर आफैले हस्ताक्षर गरेको निर्णयको मसी सुक्न नपाउँदै विरोधमा उत्रिएका छन् । संस्थाको निर्वाचित समितिको २० दिन भित्रै अध्यक्षलाई कमजोर तुल्याएर गणेश थापाको पाउमा फुटबल बुजाउने र आफू अध्यक्ष बन्न सहज हुने लोभ उनमा देखिएको छ ।

कम्तीमा १०० दिनसम्मको हनिमुन पिरियडमा काम कारबाहीमा समेत सहयोग नगरी विरोधमा लागेपछि एन्फाका भविष्य नै कालो बनाउन लागेको भन्दै उनी निकट सदस्यहरूले नै आक्रोशित बनेका छन् । नाम नबताउने सर्तमा एक सदस्यले भने, ‘आफ्नो व्यक्तिगत स्वार्थका लागि एन्फा बदनाम बनाउनेहरूसँग अब गठ जोड हुँदैन ।’

स्मरण रहोस् खड्का नेपाली कांग्रेसका नेता मोहन बस्नेतको आडमा लोकतान्त्रिक खेलकुद संघको सचिव हुँदा समेत उनको व्यापक विरोध भएको थियो । कांग्रेसका साधारण सदस्य समेत नभई खड्कालाई सचिव पदमा नियुक्ति गरेको भन्दै विरोध हुँदा बस्नेतले खड्काका पक्षमा खुलेरै समर्थन गरेका थिए । बस्नेतले विर बहादुर खड्का (बच्चु) लाई अनावश्यक संरक्षण गरेका कारण स्थानीय निर्वाचनमा कांग्रेस पराजित हुन पुगेको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा