शनिबार, असोज १० २०८३
ताजा अपडेट

प्रचण्डले सभामुखको ढाडमा टेकेर देउवाको टाउकोमा हाने !


  • बिहिबार, साउन ५ २०७९
8.6K
SHARES

फाइल तस्विर

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को जनयुद्धताका ढाडमा टेकेर टाउकोमा हान्ने रणनीति निकै चर्चित थियो । त्यही रणनीतिका कारण नेपालमा २ सय ४० बर्षिय जहानियाँ शाही शासन (राजतन्त्र) अन्त्य भएर जनताको गठतन्त्र स्थापना भएको थियो ।

माओवादी अध्यक्ष प्रचण्डले त्यही रणनीतिलाई अहिले पनि लागु गरिरहेको पाइन्छ । प्रचण्डले आजै सभामुख अग्नीप्रसाद सापकोटामार्फत प्रधानमन्त्री शेरबहादुर देउवाको टाउकोमै प्रहार गरेका छन् । प्रचण्ड निकट नेता देवप्रसाद गुरुङले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) स्वीकार नगर्ने पत्र पठाउन रुलिङको माग गरेका थिए ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले एसपीपीमा सहभागी नहुने भनेर तत्काल पत्रचार गर्न नसकिने परराष्ट्र मन्त्रालयका प्रवक्ताको अभिव्यक्तिमा प्रश्न उठाए ।

उनले भने, ‘यो मन्त्रिपरिषद्को निर्णय विपरीत भयो । मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्ने दायित्व मन्त्रालयहरुको हो, तर परराष्ट्रले कार्यान्वयन गरिरहेको छैन ।’

उनले एसपीपीमा सहभागी नहुने भनेर पत्रचार गर्न संसदले रुलिङ गर्न माग गरे । नेपालले एसपीपी स्वीकार नगर्ने भनेपछि त्यही विषय राखेर अर्को नाममा सम्झौता गर्न खोजेको उनको आशंका छ ।

माओवादी प्रमुख सचेतक गुरुङले भने भने, ‘जसरी भएपनि नेपाललाई आईपीएसको पार्ट बनाउने र सैन्य सम्झौतामा लैजाने तयारी चलिरहेको देखिन्छ । सरकारले यसलाई गम्भीरतापूर्वक लिनुपर्ने देखिन्छ ।’

माओवादी केन्द्रकै पूर्वनेता सभामुख सापकोटाले यस विषयमा ध्यानाकर्षण भएको बताए । देउवा नेपालमा एसपीपी अर्कै नामबाट कार्यान्वयन गर्ने तयारीमा लागेको सूचना पाएपछि प्रचण्ड देउवाको विरुद्धमा लागेका हुन् । यस संसददेखि सदनसम्म चर्को विरोध भइरहेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा