शनिबार, असोज १० २०८३
ताजा अपडेट

यस्तो पो रहेछ प्रदिप ज्ञवालीको भाइरल फोटोको वास्तविकता !


  • बुधबार, साउन ४ २०७९
9K
SHARES

काठमाडाैँ । नेकपा एमालेका उपमहासचिव एवं पूर्वमन्त्री प्रदिप ज्ञवालीको एउटा फोटो अहिले सामाजिक संजालमा भाइरल भएको छ । निकै मेजमानी जस्तोमा ज्ञवालीले खाना खाइरहेको तस्बिरमा देख्न सकिन्छ जुन तस्बिरको बास्तविकता भने बल्ल बाहिरिएको छ ।

एमाले उपमहासचिव ज्ञवालीले मुलुकमा महंगीले सिमा नाघेको भन्दै केहि दिन अघि दिएको एउटा अभिव्यक्तिका कारण उनको तस्बिर भाइरल बनाइएको थियो । ज्ञवालीले अहिले आफ्नो घरमा दुईथरी तरकारी पाक्न छोडेको भन्दै कम्रपाइज गर्नु परेको बताएका थिए त्यस पछि उक्त तस्बिर सामाजिक सजालमा भाइरल बनाइएको थियो ।

भाइरल तस्बिरमा ज्ञवाली निकै मेजमानीका साथ खाना खाइरहेको देख्न सकिन्छ दुई थरी तरकारी खान सकिँदैन भन्ने तर आफ्नो अगाडी धेरै परिकारहरु राखेको देख्न सकिन्छ । भनाइ र गराइ नमिलेको फोटो जसले बाहिर ल्याए पनि पछि सामाजिक संजाल प्रयोगकर्ताहरुले भाइरल बनाए । सत्य केहो ? भन्ने खोजेनन् तर भाइरल बनाए अहिले यसको बास्तविकता बाहिर आएको छ ।

ज्ञवालीको यो तस्वीर उनको आफ्नो घरभित्रको भने थिएन । आजभन्दा चार वर्ष अगाडि अमेरिका बसाइका क्रममा एक नेपालीको भान्सामा यो तस्वीर खिचिएको पुष्टि भएको छ ।अमेरिका निवासी भरतराज ज्ञवालीले आफ्नो घरको भान्सामा यो तस्वीर आफैँले मोबाइलबाट खिचेको पुष्टि गरेका छन् ।

‘मैले फेसबुकमा पोष्ट गरेको तस्वीरलाई लिएर प्रदिप ज्ञवालीबारे गलत प्रचार गरिएको छ । यस्ता काम गर्ने अपराधिलाई सजाय होस्,’ उनले फेसबुकमा लेखेका छन् ।

ज्ञवालीले यो तस्वीर ३० सेप्टेम्बर २०१८ मा पोष्ट गरेका थिए । तस्बिरको वास्तविकता बारे पोष्ट गर्दै भरतराज ज्ञवालीले गलत ढंगले समाजिक संजालमा पोष्ट गरेर भ्रम फैलाउँन खोज्नेहरुलाई कारबाहीको पनि माग गरेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा