शनिबार, असोज १० २०८३
ताजा अपडेट

पत्रकारमाथि हातपात गर्ने अधिकारीमाथि गरियो कारबाहीको माग


  • बुधबार, साउन ४ २०७९
8.1K
SHARES

पत्रकार सन्तोष भण्डारी, प्रेस विज्ञप्ति

काठमाडौँ । पत्रकारमाथि दुर्व्यवहार गर्ने बूढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीका आफन्त बताउने रबिन्द्र अधिकारीलाई कारबाहीको माग गरिएको छ । पशुपति टाइम्स डट कमका सम्पादक सन्तोष भण्डारी माथि मङ्गलवार मेयर कक्षमै हातपात गरिएको थियो । सोही विषयलाई लिएर अधिकारीलाई कारबाहीको माग गरिएको हो ।

बुधवार समाजवादी प्रेस सङ्गठन नेपाल उपत्यका प्रदेश कमिटीले प्रेस विज्ञप्ति जारी कारबाहीको माग गर्दै उक्त दुःखद घटनाको घोर भर्त्सना गरेको छ । अधिकारीलाई कानुनी दायरामा ल्याइ र पत्रकार तथा सञ्चार माध्यमलाई सुरक्षाको प्रत्याभूति दिलाउन समेत माग राखेको छ ।

उपत्यका प्रदेश कमिटी सचिव आशिस गुरागाईँले विज्ञप्ति निकाल्दै भनेको छन्, ‘मङ्गलवार ५ः३० बजेतिर बूढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारीको कार्यकक्षमा स्थानीयवासीले भोगेका समस्या अवगत गराउँदै गर्दा मेयर अधिकारीका आफन्त बताउने रबिन्द्र अधिकारी भन्ने व्यक्ति एक्कासि आई अभद्र व्यवहार गरी कार्यालयबाट बाहिर निकाल्न खोजेका थिए ।’

विज्ञप्तिमा अगाडी लेखिएको छ, ‘उक्त घटना लगत्तै सामाजिक सञ्जालमा निज रबिन्द्र अधिकारी दोषी नभई पत्रकार नै दोषी जस्तो देखिने गरी केही जनप्रतिनिधिहरूले लेखेको स्ट्याटस दु:खद् विषय हो । समाजवादी प्रेस सङ्गठन नेपाल उपत्यका प्रदेश कमिटी जनप्रतिनिधिहरूको यस्तो गैर जिम्मेवार कार्यको विरोध गर्दछ ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा