शनिबार, असोज १० २०८३
ताजा अपडेट

सर्वोच्चले दियो देउवा सरकारलाई यस्तो कडा आदेश !


  • सोमबार, साउन २ २०७९
6.5K
SHARES

फाइल तस्विर

काठमाडाैँ – सर्वोच्च अदालतले कैदी बन्दी, सुरक्षाकर्मी र सरकारी कर्मचारीलाई भोट हाल्न दिन आदेश दिएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउँदै गर्दा सर्वोच्चले गत बिहीबार उनीहरुको मतदान गर्न पाउने अधिकार सुनिश्चित गर्न सरकारलाई आदेश दिएको हो।

सर्वोच्चका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले अस्थायी मतदाता नामावली बनाएर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कैदी बन्दी, सुरक्षाकर्मी र सरकारी कर्मचारीहरुलाई समानुपातिक निर्वाचन प्रणालीतर्फ भोट हाल्न दिने गरी व्यवस्था गर्न अन्तरिम आदेश जारी गरेको हो।

कैदी बन्दी, सुरक्षाकर्मी र सरकारी कर्मचारीलाई भोट हाल्न पाउने व्यवस्था गर्न आदेश माग्दै निशान्त पोखरेलसहितले हालेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले निर्वाचन आयोगलाई यस्तो भनेको हो।

सर्वोच्चले मतदाता नामावली ऐन २०७३ को दफा ३० ९१० र ९२० को अस्थायी मतदाता नामावली व्यवस्था कार्यान्वयन गर्न पनि आयोगलाई भनेको छ ।

त्यसैगरी सर्वोच्चले आगामी निर्वाचनका लागि कैदी बन्दी, सुरक्षाकर्मी र सरकारी कर्मचारीको अस्थायी मतदाता विवरण जुटाउन पनि सरकार आयोगलाई भनेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा