शनिबार, साउन ३० २०८३
ताजा अपडेट

मेयर हुन त हर्क साम्पाङ जस्तो, एउटै कामले पाए चौतर्फी प्रशंसा !


  • सोमबार, साउन २ २०७९
15.4K
SHARES

फाइल तस्विर

काठमाडाैँ – स्थानिय तहको निर्वाचनमा स्वतन्त्र उमेदवारी दिएर सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएका हर्क साम्पाङ आफ्नो काममा अविचलित रुपमा सदावहार लागीरहेका छन् । कसैले प्रशंसा गरोस् या ओलोचना उनलाई कुनै मतलव छैन ।

मेयर साम्पाङले हालै दिएको एउटा अभिव्यक्तिले फेरी देशभर उनको प्रशंसा चुलिएको छ । साधारण जीवनशैली र जनतासँगै घुलमिल गरेर काम गर्ने शैलीका कारण विशिष्ट पहिचान बनाएर अघि बढिरहेका साम्पाङले निकैनै मन छुने अभिव्यक्ति दिएका छन् । जुन अभिव्यक्तिका कारण उनको प्रशंसा चुलिएको छ ।

मेयर भएर पनि कहिले गिट्टी कुट्ने कहिले ढुंगा बोक्ने कस्तो कुल्ली जस्तो मेयर भनेर आलोचना गर्नेहरुलाई मुख बन्द हुने गरी साम्पाङले जवाफ दिएका छन्। हो म किसान ,मजुदुर नै हो म कुल्ली मेयरनै हो भनेर उनले जवाफ दिएका छन् । जनता भन्दा फरक हुन मन छैन भन्दै साम्पाङले आफुलाई कुल्ली मेयर भनेका छन् ।

आफु साधारण जीवनशैलीमा बस्न चाहने भन्दै साम्पाङले मेयर हुन भन्दा पहिलेको जीवनशैलीमा मेयर भए पछि पनि कुनै फरक नभएको र अब फेरी पनि नहुने बताएका छन् । हिजो पनि जनतासँगै जनता जस्तै भएर बसेको र अहिले पनि जनताभन्दा फरक हुन मन नलागेको उनले भनेका छन् ।

आफुलाई मेयर साब भन्दै कुनै ठूलो मान्छे पल्टन मन नभएको भन्दै साम्पाङले आलोचकहरुले जतीनै आचोचना गरे पनि केही फरक नपर्ने बताएका छन् । आफुलाई सानो मान्छे भन्दै उनले ठूलो मान्छे पल्टीएर जनता भन्दा टाढा हुनु भन्दा सानो मान्छे भएर जनताको वरिपरी बस्नुमै आफुलाई आनन्द भएको बताए ।

आफुलाई माटो प्रति माया भएको भन्दै ढुगा बोक्ने , डिटि कुट्ने , पाइप बोक्ने काम जनतासँगै मिलेर गर्दा आनन्द आउँने उनले बताएका छन् । जसले माटो छुँदैन उसलाई माटोको माया पनि नहुने पनि उनले दाबी गरेका छन् । माटो नछुनेहरुले नेता भन्दै हिड्न पनि नहुने उनले बताए । आफुले केपी ओली , प्रचण्ड र राजेन्द्र लिंदनेलाई पनि धरान बोलाएको भन्दै साम्पाङले उनीहरु पनि आए भने माटो छोएर पठाउँने बताए । माटो भनेको देशको माया भएको भन्दै उनले जसले माटो छोएको हुन्छ उसलाई माटोको माया हुने बताए ।

आलोचकहरुको आलोचनाले आफुलाई केहि फरक नपर्ने भन्दै उनले आफु जस्तो थिएँ त्यस्तै छु र त्यस्तै हुने छु भनेका छन् । कतिपयतले तपाईनै होर मेयर भनेर प्रश्न गर्ने गरेको पनि उनले सुनाएका छन् । मेयर भन्ने वित्तिकै ठूलो गाडी चढ्ने , ठूला कुरा गर्ने मान्छे भन्ने बुझाई छ म त्यसो गर्न मन पराउँदिन जे छु यसैमा ठिक छु उनले भनेका छन् ।

तपाईनै होर मेयर भन्नेलाई होइन मेरो भाइ हो भन्ने गरेको भन्दै साम्पाङले हाँसिमजाक पनि गरेका छन् । आफ्नो लागी जनतानै सर्वोपरि भएको भन्दै उनले कार्यालय समयमा कार्यालयमै बसेर जनताको सेवा गर्ने गरेको र विदाको दिनमा जनतासँगै श्रमदानमा सहभागी हुने गरेको साम्पाङले बताएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा