काठमाडौँ – एमाले नेता केशव स्थापितले काठमाडौंका मेयर बालेन शाहमाथि आजसम्मकै कडा टिप्पणी गरेका छन् ।
उनले बालेनलाई घरैपिच्छे डुल्ने अनि फोटो पोस्ट गर्ने कामले महानगरलाई कहीँ पुर्याउँदैन र काठमाडौंले यस्तो मान्छे खोजेको होइन भन्दै यस्तो टिप्पणी गरेका हुन् ।
स्थापितले टिप्पणीसंगै फोहोर व्यवस्थापनबारे सुझाव पनि दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै फोहोर व्यवस्थापनको सुझाब दिएका हुन् ।
उनले लेखेका छन्, ‘सिसडोल ल्यान्डफिल साइटको फोहोरबाट प्लास्टिक निकाल्न सकिन्छ र व्यवस्थापन गरेर पार्क बनाउन सकिन्छ । सिसडोलमा पार्क बनाएर स्थानीय जनतालाई उपहार दिने हो भने तिमी त्यहाँको हिरो भइहाल्यौ नि। गर्नुपर्ने काम यही हो।’
मेयरमा बालेनसँग पराजित भएका स्थापितले बालेनले सामाजिक सञ्जालमा फोटो पोस्ट गरेको विषयमा पनि आलोचना गरेका छन् । उनले भनेका छन्, ‘मेरो फोटो खिचेर, केशव स्थापितकहाँ गएर मैले ज्ञानगुन लिएँ भन्न पर्दैन।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।