काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आज गरेको अर्थपूर्ण घोषणाले देशभर सनसनी मच्चाएको छ । आजदेखि आफूले नेपालमा बनेका लुगाहरु मात्रै लगाउने रविको यस्तो घोषणाले देशभर सनसनि मच्चाएको हो ।
आज झापामा आयोजित पार्टीको जिल्ला भेलामा उनले नेपालकै उत्पादनलाई प्राथमिकता दिने भन्दै बिदेशी पोशाक नलगाउने बताएका हुन्।
लामिछानेले नेपाली उत्पादनलाई प्रवर्द्धन गर्नुपर्ने भन्दै त्यसका लागि आफूबाटै सुरु गर्नुपर्ने धारणा व्यक्त गरेका छन ।
उनले भने, ‘नेपालमा बनेका लुगा र सामान प्रयोग गर्दा उत्तिकै प्रभावशाली देखिनसक्छु जस्तो लागेको छ। मैले अहिले लगाएको तलदेखि माथिसम्मको पोशाक नेपाली उत्पादन हो। म निरन्तर नेपाली उत्पादनमात्रै प्रयोग गर्नेछु।’
स्वदेशी उत्पादनको प्रवर्द्धनमा आफ्नो पार्टी लागि पर्ने उनको भनाइ थियो।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।