काठमाडौँ – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले ठूलो सफलता हात पारेका छन् । धरानका जनतालाई सुद्ध पानी खुवाउने उनको सपना पुरा भएको छ ।
आफै श्रमदान गरेर साम्पाङले पकुवा खोलाको पानी धरानको सर्दु भन्ने ठाउँमा पुर्याएका छन् । धरानमा पानी पुगेपछि उनले आफ्ना आँखाबाट आशु रसाएको बताएका छन् ।
‘म एउटा माध्यम मात्रै हुँ ! गर्ने सबै धराने जनता हुन्’, सामाजिक संजाल फेसबुकमा उनले लेखेका छन्, ‘सबै–सबैलाई अति धेरै सम्मानका साथ धन्यवाद । आज सर्दु छेउको बस्तीमा पानी आइपुग्यो । यो देख्दा आँखा रसाएको छ मेरो ।’
उनले अगाडी लेखेका छन्, ‘आखिर म जनताको सेवक न परें ! यति सेवा गर्न पाउँदा म अत्यन्तै खुसीछु ! विरोधीहरुका लागि यो सानो काम होला तर मेरो लागि यो कामको अर्थ अपरम्पार छ !’
उनलाई विरोधीहरुले श्रमिक बनेको, मेयर भएर ढुंगा बोकेको, कुल्ली, किसान लगाए शब्दको प्रयोग गर्दै बदनाम गर्न खोजेका थिए । त्यही कुल्ली काम गरेर साम्पाङले आज धराने जनतालाई पानी खुवाउन सफल भएका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।