काठमाडौँ – आन्दोलनकारीको घेरामा परेपछि भागेका श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेको सरकारी निवासमा अरबौ रकम भेटिएको दाबी गरिएको छ। सरकारविरोधी प्रदर्शनकारीहरूले राष्ट्रपतिको भव्य दरबारभित्र अरबौ रकम बरामद भएको दाबी गरिएको हो।
प्रदर्शनकारीले फेला परेका नोट गन्दै गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । उनीहरुले बरामद भएको रकम सुरक्षा निकायलाई हस्तान्तरण गर्ने भनेको डेली मिरर पत्रिकाले जनाएको छ । यसबारेमा सान्दर्भिक तथ्य छानबिन गरी वास्तविक अवस्थाबारे जानकारी दिने अधिकारीहरूले बताएका छन् ।
सुरक्षा घेरा तोड्दै हजारौँ प्रदर्शनकारी हिजो राष्ट्रपति निवासमा प्रवेश गरेका थिए । निवासमा प्रदर्शनकारी प्रवेश गर्न थालेपछि राजापाक्षे सुरक्षित स्थानमा भागेका थिए । उनी कहाँ छन् भन्नेबारेमा केही खुलाइएको छैन । केही विवरणमा उनी सेनाको मुख्यालयमा रहेको बताइएको छ ।
राष्ट्रपतिले १३ जुनमा राजीनामा दिने घोषणा गरिसकेका छन् । प्रदर्शन चर्किएपछि मे महिनामा राष्ट्रपति गोटाबाया राजापाक्षेका जेठा दाइ तथा प्रधानमन्त्री महिन्दा राजापाक्षेले पनि राजीनामा दिएका थिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।