५ असोज, काठमाडौँ ।
निजी तथा आवासीय विद्यालय संगठन काठमाडौँ (प्याब्सक) को आयोजनामा ‘दोश्रो प्याब्सक प्रिन्सिपल फुटसल कप–२०७६’ सम्पन्न भएको छ ।
असोज ३ गते शुक्रबार ग्रिन विस फुटसल ग्राउण्डमा प्रतियोगिता सम्पन्न भएको हो ।
२३ विद्यालयको सहभागिता रहेको उक्त प्रतियोगिताको उपाधि प्रशान्ति एकेडेमीले जितेको छ । बोधि सदन सेकेण्डरी स्कूल दोश्रो र पुष्पलाल मेमोरियल स्कूल तेश्रो भएको छ ।
शुक्रबार नै विजयी टिम प्रथम, द्धितीय र तृतीय हुने विद्यालयलाई ट्रफी, मेडल र प्रमाण–पत्रद्धारा पुरस्कृत गरिएको थियो ।
प्याब्सकका अध्यक्ष नारायण बाबु तिम्सिनाको सभापतीत्व एवं अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाको प्रमुख आतिथ्यतामा गरिएको उक्त पुरस्कार वितरण कार्यक्रममा एन प्याब्सन काठमाडौँका अध्यक्ष विष्णु पराजुली, बूढानीलकण्ठ नगरपालिका वडा नम्वर १२ का वडाअध्यक्ष शम्भु भट्टराई, प्याब्सक पदाधिकारी, विभिन्न स्कूलका प्रिन्सिपल, शिक्षक लगायत शिक्षासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं एन्फाका अध्यक्ष शेर्पाले विजयी टिमलाई बधाई दिँदै प्याब्सकले गर्ने खेलकुद गतिविधिमा एन्फाको साथ, सहयोग रहने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।
यस्तै कार्यक्रमका विशेष अतिथि एवं वडाअध्यक्ष भट्टराईले विजयी टिमलाई बधाई दिँदै शिक्षा, खेलकुदको विकासमा वडा प्रतिवद्ध रहेको बताएका थिए ।
कार्यक्रममा बोल्दै संयोजक झबि राईले प्रतियोगिता सफल बनाउन साथ, सहयोग प्रदान गर्ने सम्पुर्णमा धन्यवाद व्यक्त गर्दै प्रतियोगिता विवाद रहित पुर्ण रुपमा सफल भएको जानकारी गराएका थिए ।
सोही प्रतियोगितामा केन्द्रित हुँदै केटिएम खबरका लागि श्याम कार्कीले प्याब्सकका महासचिव गेन्द्र लामासंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।