शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

‘बझाङमा शिक्षकले विद्यार्थीलाई कुटेको’ भनिएको भिडिओ बन्यो एकाएक भाइरल, वास्तविकता भने अर्कै !


  • मंगलबार, असार २१ २०७९
12.4K
SHARES

२१ असार, काठमाडौँ ।

यत्तिबेला सामाजिक सञ्जालमा ‘बझाङमा शिक्षकले विद्यार्थीलाई कुटेको’ भन्दै भिडिओ छ्याप्प छ्याप्ती आइरहेको छ । शिक्षकले विद्यार्थीलाई कुटिरहेको उक्त भिडियो बझाङको नभएको पाइएको छ।

यस विषयलाई जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय बझाङले उक्त भिडिओ बझाङको नभइ भारतको रहेको बताएको छ।

‘बालकलाई निर्घात कुट्ने बझाङका शिक्षकलाई तुरुन्त कारबाही होस्’ भन्दै मंगलबारदेखि सामाजिक सञ्जाल विशेष गरी फेसबुकमा शिक्षकले विद्यार्थीलाई कुटिरहेको भिडिओ भाइरल बनिरहेको छ।

जिल्ला प्रहरी कार्यालय बझाङले मंगलबार आफ्नो आधिकारिक फेसबुक अकाउण्टमा सूचना जारी गर्दै यो भिडिओ भारतको भएकाले भ्रममा नपर्न समेत आग्रह गरेको छ।

बझाङमा शिक्षकले विद्यार्थीलाई कुटेको भनिएको भिडिओ भारतको पटनास्थित एक कोचिङ सेन्टरमा शिक्षकले छात्रलाई गरेको कुटपिट रहेको खुलेको प्रहरीले जनाएको छ।

हेर्नुहोस् भिडिओमाः


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा