शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

प्रचण्डले दिमाग घुमाएपछि स्वतः पछि परे बर्षमान, जनार्दनको महासचिव बन्ने बाटो खुल्यो !


  • सोमबार, असार २० २०७९
9.7K
SHARES

फाइल तस्विर

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले दिमाग घुमाएर बर्षमान पुनलाई पछि धकेलेका छन् । आइतबार सार्वजनिक भएको केन्द्रीय कमिटीको पछिल्लो लिष्ट अनुसारको बरियतामा बर्षमान जनार्दन भन्दा पाँच जना पछि छन् ।

उक्त बरियता अनुसार जनार्दन ७ नम्बरमा छन् भने बर्षमान ११ नम्बरमा छन् । पहिलो बरियतामा प्रचण्ड स्वयम छन् भने दोश्रोमा नारायणकाजी क्षेष्ठ, तेश्रोमा कृष्णबहादुर महरा, चौथो नम्बरमा गणेण शाह, पाचौंमा गिरिराजमणि पोखरेल, छैटौंमा चक्रपाणि खनाल रहेका छन् ।

प्रचण्डले निकालेको लिष्टमा आफू अध्यक्ष, श्रेष्ठ बरिष्ठ उपाध्यक्ष, महरा, शाह, पोखरेल र खनाललाई उपाध्यक्ष बनाउने संकेत गरेका छन् । त्यसपछिको बरियतामा महासचिव, उपमहासचिव र सचिव भनेरै लिष्ट तयार पारेको धेरैको विश्लेषण छ ।

आइतबार नेकपा माओवादी केन्द्रको ३७३ सदस्यीय केन्द्रीय सदस्यको नाम सार्वजनिक गर्नेक्रममा प्रचण्डले दिमाग घुमाएका हुन् । प्रचण्डलाई पदाधिकारीको टुंगो लगाउन फलामको चिउरा चपाए सरह भएको छ । बर्षमान र जनार्दनले महासचिवमा दावि गरिरहेपछि प्रचण्डलाई मिलाउन समस्या भएको हो ।

केन्द्रीय समिति मिटिङ भन्दा एक दिनअघि प्रचण्डले शर्मालाई भेटेका थिए । त्यही भेटमा केन्द्रीय समितिको बरियता मिलाउने विषयमा सल्लाह भएको बुझिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा