शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

जसपाका चर्चित सांसद यादवसहित दुई जना निष्कासित


  • सोमबार, असार २० २०७९
5.6K
SHARES

फाइल तस्विर

जनकपुरधाम – जनता समाजवादी पार्टी (जसपा) एक प्रदेश सांसदसहित दुई जनालाई पार्टीबाट निष्कासन गरेको छ । जसपाले स्थानीय तहको निर्वाचनमा अन्तरघात गरेको भन्दै मधेस प्रदेशका एक जना सांसदसहित दुई जनालाई निष्कासन गरेको हो ।

गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा अन्तर्घात गरेको भन्दै पार्टीले प्रदेश सांसद कौशल कुमार यादव र संघीय शिक्षक फोरमका महोत्तरी जिल्ला अध्यक्ष कौशल कुमार यादवलाई निष्कासन गरेको हो । यी दुबै महोत्तरी जिल्लाकै हुन् ।

महोत्तरी जिल्ला कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले यी दुबैलाई साधारण सदस्य समेत नरहने गरी कार्वाही गरिएको पार्टीका जिल्ला अध्यक्ष रामप्रकाश यादवले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

यादव महोत्तरी क्षेत्र नम्बर ४ को (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा