१९ असार, काठमाडौं ।
रञ्जु दर्शनाले काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने घोषणा गरेकी छन् । उनले सामाजिक सन्जाल फेसबुकमा स्टाटस राख्दै काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका लागि प्रतिस्पर्धामा उत्रिने औपचारिक घोषणा गरेकी हुन् ।
प्रतिस्पर्धामा उत्रिने औपचारिक गर्न पाउँदा हषिर्त भएको उल्लेख गरेकी छन् ।
उनले यस अभियानमा संगै रहेर काम गर्नका लागि समेत अपिल गरेकी छिन् । तपाईहरू पनि यस अभियानको प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सारथी बन्न चाहनुहुन्छ भने लिङ्कमा दिएको फर्म भरेर आउन सक्नु हुनेछ, उनले भनेकी छन् ।
सोही फर्ममार्फत धेरैको संख्यामा अभियानमा जोडिनका लागि फर्म आइसकेको जनाइएको छ ।

जसपा अध्यक्ष डा. बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराई पनि क्षेत्र नं. ५ बाट चुनाव लड्ने तयारीमा छिन् ।
२०७४ को स्थानीय तह निर्वाचनमा काठमाडौं क्षेत्रनम्बर ५ बाट नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल विजयी भएका थिए । सोही क्षेत्रबाट नेपाली कांग्रेसका नेता प्रकाशशरण महत र विवेकशील नेपाली दलका स्वर्गीय उज्ज्वल थापालगायतका उम्मेदवारले पनि प्रतिस्पर्धा गरेका थिए ।
काठमाडौं क्षेत्र नम्बर ५ मा काठमाडौं महानगरपालिकाका वडा नं. २, ३, ४, ५, बुढानीलकण्ठ नगरपालिकाका वडा नं. ३, ४, ५, ६, ७ र टोखा नगरपालिकाका वडा नं. २, ३, ४, ५, ६ र ७ पर्दछन् ।