१७ असार, काठमाडौँ ।
काठमाडौँको लाजिम्पाटमा रहेको जेभियर एकेडेमीले स्थापनाको २५औँ वार्षिकोत्सव (रजत जयन्ती) मनाउने भएको छ । उक्त अवसरमा औपचारिक कार्यक्रम गर्नुको साथै अन्तर विद्यालय तथा अन्तर कलेज आर्ट, निबन्ध र चेस प्रतियोगिता आयोजना गर्ने जनाइएको छ ।
शिक्षा क्षेत्रमा आफूलाई अब्बल स्थानमा उभ्याइ सकेको जेभियरलाई देशकै चिनिएको शैक्षिक संस्थाको रूपमा लिइन्छ । विद्यार्थीहरूलाई केन्द्रमा राखेर विभिन्न प्रतियोगितात्मक तथा अभिमुखीकरण कार्यक्रम गर्दै आएको छ । सोही क्रममा रजत जयन्ती जस्तो महत्त्वपूर्ण अवसरमा अन्तर विद्यालय र अन्तर कलेज प्रतियोगिताको आयोजना गर्न लागिएको प्रकाश श्रेष्ठले केटिएम खबरलाई बताए ।
प्रतियोगिता भोलि बिहान ८ः४५ बजेबाट सुरु हुनेछ । प्रतियोगिताका लागि काठमाडौँ उपत्यकाका २६ विद्यालय/कलेजले सहभागी जनाउने छन् ।
भोलि नै विजयी हुने टिमलाई पुरस्कृत गरिनेछ । विजयी हुनेलाई ट्रफी, मेडल र प्रमाण–पत्रद्वारा पुरस्कृत गरिने जनाइएको छ ।
समापन तथा पुरस्कार वितरण कार्यक्रम बिहान ११ बजेबाट हुनेछ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।