चीनले जनमुक्ति सेनाका एक जना पूर्वजर्नेललाई घुसकाण्डमा आजीवन काराबासको सजाय तोकेको छ।
समाचार संस्था सिन्ह्वाका अनुसार एक सैन्य अदालतले बुधबार जनमुक्ति सेनाका पाँचौं वरीयतामा रहेका फाङ फेंगहुईले घुस लिएर अरू अधिकारीलाई पनि दिएको र अकुत सम्पत्ति कमाएको भन्दै आजीवन जेल सजाय तोकेको हो।
राष्ट्रपति सी चीनफिङको भ्रष्टाचारविरोधी अभियानमा पर्ने फाङ पछिल्लो सैन्य अधिकारी हुन्।
फाङलाई गत अक्टुबरमा चिनियाँ कम्युनिष्ट पार्टीको सदस्य र सैनिक वरीयताबाट हटाइएको थियो। त्यसपछि उनीमाथि कोर्ट मार्सल गरिएको थियो।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।