शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

सरकारका विरुद्धमा किसानहरूले चाले कठोर कदम, कृषि मन्त्रालयमै ठोकिदिए भोटे ताल्चा !


  • बिहिबार, असार १६ २०७९
8.1K
SHARES

१६ असार, काठमाडौँ ।

मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका बिरुद्धमा किसानहरुले कठोर कदम चालेका छन् । किसानहरुले शीत भण्डारको रकम भुक्तानी दिनुपर्ने, समयमा मलखाद र बीउबिजन उपलब्ध गराउनुपर्ने, प्राकृतिक विपद्का कारण किसानलाई भएको क्षतिपूर्ति दिनुपर्ने लगायतका माग राख्दै कृषि मन्त्रालयमा तालाबन्दी गर्ने जस्तो कठोर कदम चालेका हुन् ।

प्रदेशका विभिन्न जिल्लाबाट आएका कृषक समूह र सहकारीमा आवद्ध किसानहरु मन्त्रालयमा ताला लगाएर धर्नामा बसेका छन् ।

जसपाका नेतासमेत रहेका किसान शेषनारायण यादवले सरकारले सम्झौता गरेको र शीत भण्डार निर्माण गर्दा भुक्तानी नदिएपछि बाध्य भएर आन्दोलन गर्नुपरेको बताए ।

उनका अनुसार प्रदेश सरकारले २०७६ जेठ २९ गते शीतभण्डार निर्माण गर्न कृषक समूहसँग सम्झौता गरेको थियो । शीतभण्डार निर्माण भइसके पनि सरकारले भुक्तानी दिन मानेको छैन ।

शीतभण्डारका लागि तीन वटा समूहको चार करोडभन्दा बढी रकम भुक्तानी हुन बाँकी रहेको बताइएको छ । यो विषय सांसदहरुले सदनमा समेत पटक–पटक उठाइसकेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा