शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

आइडिया मास्टर मेयर बालेनले सार्वजनिक गरे नयाँ योजना !


  • बिहिबार, असार १६ २०७९
13.6K
SHARES

फाइल तस्विर

काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले नयाँ योजना सार्वजनिक गरेका छन् । बालेनले काठमाडौँमा उत्पादन हुने कुहिने फोहोरलाई मल बनाएर मलको हाहाकार कम गर्ने योजना सार्वजनिक गरेका हुन् ।

असार १५ र राष्ट्रिय धान दिवसको शुभकामना दिँदै प्रमुख शाहले, जैविक फोहोरबाट मल बनाउने महानगरको सफलता र असफलताले देशभर नै उल्लेख्य फरक पार्नेमा आफू सचेत रहेको उल्लेख गरे ।

प्रमुख शाहले भने, ‘काठमाडौँमा वस्ती बस्नु, सम्पदाको सहर वा राजधानी बन्नुमा यहाँको उर्बरता र उब्जनीको ठूलो भूमिका छ । उर्बर माटोलाई खेती गर्न योग्य बनाउन माटोमा रगत र पसिना बगाउने किसानहरुको विशेष भुमिका छ । हो, अहिले हाम्रा प्राथमिकताहरु झाँगिदै जाँदा यहाँका किसानहरुका मुद्दा कमजोर हुँदै गएका होलान वा कृषि नै सीमान्तकृत हुँदै गएको होला ।’

उनले अगाडि भनेका छन्, ‘तर, हामीलाई जे र जसले यहाँ ल्याइपु¥यायो, उसैलाई बिर्सने भन्ने हुँदैन ।’ शुभकामनामा प्रमुख शाहले, कृषि क्षेत्र र अन्न उत्पादन गर्ने किसानप्रति आभारी र जिम्मेवार हुनै पर्ने बताए ।

‘यसपालीको असार १५ र धान दिवसले सबैलाई किसान र कृषिप्रतिको जिम्मेवारी बोध गराउन सकोस । गुणस्तरीय मल, बीउबिजन तथा कृषिसाधनहरु सहज र सुलभ मुल्यमा पर्याप्त प्राप्त हुन सकुन ।’, शुभकामनामा उल्लेख छ ।

बालेनको मल बनाउने योजनाले मलको हाहाकार गर्दै निजी क्षेत्रबाट बेच्न पल्केकाहरुलाई झट्का लाग्ने छ । सरकारले वितरण गर्ने मलमा हाहाकार हुनु र निजी क्षेत्रले जतिपनि बेच्न सक्नुलाई सरकारको उदासिनता र कमिसनको चक्करले काम गरेको आरोप लाग्ने गरेको छ ।

बालेनको योजना सफल हुँदा धेरै विचौलीया र कमिसनखोर नेताहरुको रोजीरोटी गुम्नेछ ।

२०६१ साल मङ्सिर २९ गतेको सरकारको निर्णयअनुसार २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । यस वर्ष ‘धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने नाराका साथ दिवस मनाइँदै छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा