शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

बालेनले ल्याए अर्को गजबको योजना, किसानहरूमा पलायो अर्को आशा !


  • बुधबार, असार १५ २०७९
9.5K
SHARES

फाइल तस्विर

स्वतन्त्र उमेदवारी दिएर काठमाडौँ महानगरपालिकाको मेयरमा भारी मतले निर्वाचित भएका मेयर बालेन शाहले हरेक दिन जसो केहि न केहि शुभ समाचार काठमाडौँबासीलाई पस्किरहेका छन् ।

निकै सक्रियतापूर्वक काठमाडौँका हरेक समस्या समाधानमा लागी रहेका मेयर बालेनले असार १५ अर्थात राष्ट्रिय धान दिवसका दिन पनि अर्को एउटा सुखद खबर बाढेँका छन् । बालेनले सोचेको कुरा पुरा भएमा काठमाडौबासीले मात्रै होइन आसपासका अन्य जिल्लाबासीले पनि लाभ लिन सक्ने छन् ।

असार १५ भनेर कोहि रोपाइँमा व्यस्त त कोही दही चिउरा खाएको फोटो पोस्ट गर्न व्यस्त भएका बेला बालेनले भने गजबको आइडिया सेयरिङ गरेका छन् । बर्षौ पहिले काठमाडौँमा रोपाइहुँदै गरेको तस्बिर सामाजिक संजालमा पोष्ट गर्दैै बालेनले अहिले किसानहरुमा देखिएको मलको अभाव समाधान गर्ने उपाय सुनाएका छन् ।

काठमाडौँको फोहोर व्यवस्थापनका लागी दिनरात नभनि दत्तचित्त भएर लागिरहेका बालेनले कुहिने फोहोरबाट मल बनाउँन सकिने अवधारणा ल्याएका छन् । फोहोर व्यवस्थापन गर्न नसकेर उधुम भइरहेको बेला कुहिने फोहोरलाई मल बनाएर फोहोर पनि व्यवस्थापन हुने र मलको अभाव पनी मेटिने उपाय उनले सुनाएका छन् ।

कुहिने फोहोरलाई मल बनाउँने तयारीमा काठमाडौँ महानगरपालिका लागीरहेको जानकारी पनि बालेनले दिएका छन् । धान दिवसको दिनमा एक शुभकामना सन्देश जारी गर्दै बालेनले सबैलाई किसान र कृषि प्रति जिम्मेवारी बोध गराउँन सकोस् भन्ने कामना पनि गरेका छन् ।

धान दिवसको अवसर पारेर काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले दिएको शुभकानमना सन्देश यस्तो रहेको छ
काठमाण्डौँमा वस्ती बस्नु, सम्पदाको शहर वा राजधानी बन्नुमा यहाँको उर्बरता र उब्जनीको ठुलो भुमिका छ । उर्बर माटोलाई खेति गर्न योग्य बनाउन माटोमा रगत र पसिना बगाउने किसानहरुको विशेष भुमिका छ ।

हो, अहिले हाम्रा प्राथमिकताहरु झांगिदै जाँदा यहाँका किसानहरुका मुद्दा कमजोर हुँदै गएका होलान् वा कृषि नै सिमान्तकृत हुदै गएको होला । तर, हामीलाई जे र जसले यहाँ ल्याइपुर्यायो, उसैलाई बिर्सने भन्ने हुदैन । हामीले यहाँको कृषि र किसानलाई सम्झिनै पर्छ । सँगसँगै, देशभरका लागि अन्न उब्जाउने किसानहरु प्रति आभारी र जिम्मेवार हुनै पर्छ ।

यसपालीको असार १५ र धान दिवसले सबैलाई किसान र कृषिप्रतिको जिम्मेवारी बोध गराउन सकोस् । गुणस्तरिय मल, बिउबिजन तथा कृषिसाधनहरु सहज र सुलभ मुल्यमा पर्याप्त प्राप्त हुन सकुन् । सबैलाई असार १५ र धान दिवसको शुभकामना छ ।

र, काठमाण्डौँमा निस्किने कुहिने फोहोरलाई मल बनाएर मलको हाहाकारलाई केहि कम गराउन सकिन्छ भन्नेमा काठमाण्डौँ महानगर क्रियाशिल छ । यस कामका लागि हुने सफलता र असफलताले देशभर नै उल्लेख्य फरक पार्नेमा हामी सचेत छौँ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा