नेकपा एकता अभियान भन्दै ७४ बर्षिया नेता बामदेव गौतमले आजबाट नयाँ पार्टी घोषणा गरेका छन् । ऋषि धमला अध्यक्ष रहेको रिपोर्टस क्लवमा पुगेर बामदेव गौतमले नयाँ पार्टी घोषणा गरेका हुन् ।
एमाले विभाजन गरेर केपी ओली र माधव नेपाल छुट्टिए पछि कतै पनि नलागी बसेका गौतमले अहिले आएर आफ्नै पार्टी घोषणा गरेका छन् । नयाँ पार्टी घोषणा गर्न रिर्पोटस क्लव पुगेका गौतमले धमलाकै अड्डामा पुगेर उनीमाथी गम्भिर आरोप लगाएका छन् ।
बामदेवले २०७४ सालको प्रतिनिधीसभाको निर्वाचन धमलाकै कारण हारेको बताएका छन् । धमलाले सोधेको एउटै प्रश्नको जवाफका कारण आफुलाई केपी ओली र प्रचण्ड दुवै जना मिलेर हराएको दाबी गौतमले बताएका छन् ।
पार्टीको पहिलो केन्द्रीय कमिटि बैठकपछि गरिएको पत्रकार सम्मेलनमा नवगठित पार्टीका संयोजक गौतमले भने रिपोर्टस क्लबका अध्यक्ष ऋषि धमलाका कारण २०७४ को प्रतिनिधिसभा निर्वाचन हारेको गुनासो गरे ।
‘मलाई राम्रै थाहा थियो २०७४ को निर्वाचनपछि म प्रधानमन्त्री बन्न सक्दिनँ,’ गौतमले भने, ‘ऋषिजीले मलाई बाध्य पार्नुभो, उम्मेदवार त बन्नुहुन्छ तपाईँ, किन बन्नुहुन्न रु’ त्यसपछि आफू बाध्य भएर ‘अब पार्टीले बनाए, उठाएछ भने, अगाडि सारेछ भने उम्मेदवार बन्ने क्षमता त छ नि त मसँग’ भनेर भनेको उनले स्मरण गरे ।
प्रधानमन्त्री त भइहालिएछ भने मैले अरुले भन्दा कम होइन धेरै नै काम गर्नसक्छु । त्यो क्षमता त छ मसँग भनेर मैले भनेँ त्यसरी भन्याँ’थे मैले,’ उनले भने । त्यसपछि त्यही कुरासँगै धेरै कुरा आएको उनले बताए ।
‘आधा एउटा अध्यक्ष प्रधानमन्त्री हुने, आधा अर्को अध्यक्ष प्रधानमन्त्री हुने हाम्रो सम्झौता थियो । त्यो मलाई थाहा थियो,’ गौतमले भने,‘मैले प्रधानमन्त्री बन्छु भनेपछि दुवैका पक्षधरले यसलाई यहीँ हराइदिएपछि त त्यहाँ गएर केही लफडा नै हुँदैन, भनेर हराउन लाग्नुभो ।’
त्यसपछि फर्किएर आफूले धमलासँग गुनासो गरेको पनि उनले बताए । ‘पछि उहाँलाई बडो दुस्ख ब्यक्त गरेँ । तपाईँले त्यो प्रश्न सोध्नु हुन्थेन । मलाई बाध्य गर्नु भो जसले गर्दाखेरि म हार्ने कारण बन्यो,’ गौतमले भने ।