शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

जेल चलान भईन् ‘हनि ट्रयाप’ जालोमा युवक फसाउने भावना


  • मंगलबार, असार १४ २०७९
15.2K
SHARES

१४ असार, काठमाडौँ ।

‘हनि ट्रयाप’ को अभियोगमा प्रहरी हिरासतमा रहेकी भावना तामाङलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । भक्तपुर जिल्ला अदालतले तत्काल प्राप्त प्रमाणबाट निर्दोष नदेखिएको भन्दै तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

सोमबार थुनछेक प्रयोजनका लागि भएको सुनुवाइपछि भक्तपुर जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले तामाङलाई पुर्पक्षका लागि थुनामै पठाउने आदेश दिएका हुन् ।

ठगी, आपराधिक लाभ तथा आपराधिक विश्वासघातमा फुर्वा मोक्तानले दिएको जाहेरीका आधारमा भक्तपुर प्रहरी परिसरले प्रतिवेदन तयार पारी सरकारले भावनाविरुद्ध भक्तपुर जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

सम्पत्ति हत्याउन पटकपटक बिवाह गर्ने र विवाह गरेपछि सम्पत्ति लिएर सम्बन्धविच्छेद गर्ने गरेको प्रमाण भेटिएपछि रौतहट स्थायी घर भएका फुर्वा मोक्तानले भावना तामाङविरुद्ध १ करोड ४५ लाख रुपैयाँ बराबरको सम्पत्ति हडपेको भन्दै असार १० गते शुक्रबार भक्तपुर जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए ।

आफू मलेसियामा रहँदै गर्दा फेसबुकमा फ्रेण्ड रिक्वेष्ट पठाएर आफूलाई अविवाहित हो भनी विश्वास दिलाएको, बिवाहको प्रलोभन देखाएर बिवाहको नाटकसमेत गरी आफूसँग करिब १ करोड ४५ लाख रुपैयाँ नगद लिएको र पछि सम्पर्कविच्छेद भएको भन्दै उनीविरुद्ध उजुरी गरेका थिए ।

यसरी हनि ट्रयापका मुद्दामा भक्तपुर जिल्ला अदालतले प्रतिवादी भावना तामाङलाई थुनाभित्रै रहेर मुद्दाको पुर्पक्ष गर्ने गरी कारागार पठाइदिएको हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा