शनिबार, साउन ३० २०८३
ताजा अपडेट

आज नयाँ पार्टी घोषणा गर्दै वामदेव गौतम


  • मंगलबार, असार १४ २०७९
17.4K
SHARES

फाईल तस्बिर

केही समयअघि नेकपा (एमाले) छोडेका राष्ट्रिय सभा सांसद वामदेव गौतमले नयाँ पार्टी खोल्ने भएका छन्।

नयाँ पार्टी घोषणाका लागि मंगलबार दिउँसो उनले पत्रकार सम्मेलन आयोजना गरेका छन्। भृकुटीमण्डपस्थिति रिपोर्टर्स क्बलमा दिउँसो तीन बजे उनको पत्रकार सम्मेलन हुँदैछ।

यसअघि उनी नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बनेका थिए। अभियानका नामबाट उनले केही दिनअघि भेला पनि गरेका थिए। गत प्रतिनिधि सभा चुनावमा बर्दियाबाट पराजित गौतमलाई तत्कालीन नेकपा सरकारले राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको थियो।

मन्त्रिपरिषद्को सिफारिसमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्य नियुक्त गरेकी थिइन्।
एमाले र नेकपामा हुँदा गौतम उपाध्यक्ष थिए। २०५४ साल एमाले विभाजन गरेर उनी नेकपा (माले) का महासचिव बनेका थिए।

उनले आज अपरान्ह ३ बजे काठमाडौंमा पत्रकार सम्मेलन गरी नयाँ पार्टी गठन गरेको सार्वजनिक गर्ने कार्यक्रम छ। गत प्रतिनिधि सभा चुनावमा बर्दियाबाट पराजित गौतमलाई तत्कालीन नेकपा सरकारले राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको थियो।

मन्त्रिपरिषद्को सिफारिसमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्य नियुक्त गरेकी थिइन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा