जनता समाजवादी पार्टी (जसपा) ले संघिय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई कारवाही गर्ने भएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षले पार्टी संघीय परिषद अध्यक्ष भट्टराईसहितका नेतालाई कारबाही गर्ने गर्ने भएका हुन् ।
सोमबार राति बसेको यादव पक्षीय कार्यकारिणी समिति बैठकले भट्टराई र महेन्द्र यादवमाथि कारबाही गर्ने निर्णय गरेको थियो । कारवाही गर्ने अधिकार अध्यक्ष यादवलाई दिएको एक नेताले बताए ।
लामो समयदेखि जसपामा यादव र भट्टराई पक्षीबीच विवाद चलिरहेको छ । यादवले पार्टीमा एकलौटी गरेको भन्दै भट्टराई पक्षले उनको अधिकार खोस्ने प्रयास गरिरहेको छ ।
भट्टराईले कार्यकारी अधिकार आफूले लिने रणनीति अनुसार गतिविधि गरिरहेको पाइन्छ । यसका लागि उनले पार्टीमा हस्ताक्षर अभियान चलाएका थिए । यो सबै कुराको चाल पाएको यादव पक्षले कार्यकारिणी समितिमा आफ्नो बहुमत भएको दाब गर्दै भट्टराई माथि नै कारबाही गर्न निर्णय लिएको हो ।
यसअघि भट्टराईले माओवादी पार्टी छोडेर नयाँ शक्ति पार्टी निमार्ण गरेका थिए । नयाँ शक्ति चलाउन नसकेपछि उपेन्द्र यादवको संघिय समाजवादी फोरममा समाहित भएका थिए । पछि महन्थ ठाकुरको पार्टी र उपेन्द्रको पार्टी मिलेर जसपा बनेको थियो । माओवादी छोड्दा पार्टीले लखेटेको आरोप लागेको थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।