शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

बामदेव चन्द्रागिरी पुग्नुको कारण यस्तो पो रहेछ !


  • मंगलबार, असार १४ २०७९
12.4K
SHARES

फाईल तस्बिर

१४ असार, काठमाडौं ।

नेकपा एकता अभियान संचालन गरिरहेका नेकपा एमालेका पूर्व उपाध्यक्ष वामदेव गौतमले अन्ततः नयाँ पार्टी दर्ता गर्ने भएका छन् । आजै पत्रकार सम्मेलन गरेर पार्टी घोषणा गर्न लागिएको जनाइएको छ ।

निर्वाचन आयोगमा दल दर्ताको प्रक्रिया अघि बढ्ने भएको छ । पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (एकता राष्ट्रिय अभियान) रहने भएको छ, गौतमको अभियानका प्रचार विभाग प्रमुख निमकान्त पाण्डे बताए ।

गौतमले नेकपा विभाजनपछि चलाएको यो अभियान एमाले ब्युँतिएपछि पनि कायम राखेका थिए । उनले निर्वाचनलाई लक्षित गरेर दल दर्ता गर्न लागेका हुन् । गौतमको दलमा को को रहने भन्ने बारे खुलाइएको छैन ।

पछिल्लो स्थानीय तह निर्वाचनमा नेकपा एकीकृत समाजवादीको पक्षमा गीत लेखेर खुलेका गौतमले हालै राष्ट्रिय भेला आयोजना गरेका थिए । चन्द्रागिरी रिसोर्टमा असार १२ गते बसेको अभियानको बैठकले दल दर्तामा जाने निर्णय गरेको पाण्डेले बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा