१४ असार, काठमाडौँ ।
स्वतन्त्रबाबाट काठमाडौँ महानगरपालिकाको मेयरमा ठुलो मतान्तरले निर्वाचित भएका बालेन साहले छोटो समयमै एक पछि अर्को राम्रो काम गर्दैै जनताको मन जितिरहेका छन् । रफ्तारमा काम गरिरहेका बालेनको अर्को एउटा गोप्य योजना बाहिरिएको छ ।
महानगरको मेयरमा निर्वाचित भए पछि आजसम्म खादामाला पनि नलगाएका र कुनै सम्मान कार्यक्रममा पनि नगएका बालेनले आफ्नो प्रमुख उदेश्य फोहरमैलाको दीर्घकालिन व्यवस्थापन गर्ने भएको भन्दै फोहोरमैला व्यवस्थापन नभएसम्म कुनै उत्सव नमनाउँने अठोट लिएका थिए । काठमाडौको फोहरमैला व्यवस्थापनका लागी बालेनले बनाइरहेको गोप्य योजना लिक भएको छ ।
नुवाकोटको सिस्डोल र बन्चरेडाँडामा बिसर्जन हुँदै काठमाडौँ महानगरपालिकाको फोहर व्यवस्थापनमा पटक पटक लफडा हुँदै आएको र राजनितिक दलहरुले यसलाई मसला बनाएर फोहोरी राजनिती धेरै गर्न थाले पछि बैकल्पीक योजनाका साथ बालेनले गोप्य योजना बनाइसकेको बताइएको छ ।
साहले राजधानीको फोहोर राजधानी वा छिमेकी स्थानीय तहको सहयोगमा कतै व्यवस्थापन गर्ने गोप्य योजना बनाएकाछन् ।वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे र अर्थमन्त्री शालिकराम जमरकट्टेलले राजधानीको फोहोर बन्चरेडाँडामा लैजान नदिने भन्दै बैठकमा काठमाडौं महानगरबासीमाथि खनिएको महसुस गर्दै उनले सो गोप्य योजना बनाएका हुन् ।
। डेढ साताअघि हेटौंडामा आयोजित दुईदिने कार्यक्रममा सो विषय उठान गरेपछि मेयर साह र उपमेयर सुनिता डंगोल दोस्रो दिनको कार्यक्रममा नबसी फर्किएका थिए । आफूलाई अपमान भएको महसुस गर्दै मेयर र उपमेयर दोस्रो दिनको कार्यक्रममा सहभागी भएनन् ।
महानगरबासी र जनप्रतिनिधिमाथि अपमान भएको महसुस गरेका मेयर साहले महानगरको फोहोर महानगरमै व्यवस्थापन गर्न गोप्य योजना बनाउनुभएको छ । केही दिनदेखि मेयर साह र उपमेयर डंगोल महानगरको फोहोरमैला व्यवस्थापन समितिका संयोजक एवं वडा नम्बर १२ का अध्यक्ष बालकृष्ण महर्जन, सदस्य र कामपाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेलसहितको टिम बसेर योजना तयार गरिरहेका छन् ।
‘मेयर साहले अर्को व्यवस्था नहुन्जेलसम्म बन्चरेमा लैजाने र कामपा आफैंले व्यवस्था गरेपछि महानगर वा छिमेकी स्थानीय तहको सहयोगमा फोहोरमैला व्यवस्था गर्ने तयारी गरिरहनुभएको छ’ –कामपा स्रोतले भन्यो । राजधानीको फोहोर व्यवस्थापन गर्ने विभिन्न उपाय अवलम्बन गर्न उहाँ भक्तपुर र मध्यपुर नगरपालिकाको योजना हेर्न पुग्नुभएको छ ।
हिजो सोमबार मेयर साह, उपमेयर डंगोल, संयोजक एवं वडा नम्बर १२ का अध्यक्ष बालकृष्ण महर्जन, वडा नम्बर ३ का अध्यक्ष प्रेम थापा, ६ का अध्यक्ष भुवन लामा, १५ का वडा अध्यक्ष ईश्वरमान डंगोल, २९ का वडा अध्यक्ष कुश ढकाल र प्रमुख प्रशासकीय अधिकृत पौडेलसहितको टोली मनोहरा र हनुमन्ते नजिक पुगेको थियो ।टोलीले सो नगरपालिकाले गरेको फोहोर व्यवस्थापनको अवस्था सिकेर राजधानीमा लागु गर्ने योजना बनाएका छन् । फोहोरमैला व्यवस्थापन समितिका संयोजक एवं वडा नम्बर १२ का अध्यक्ष महर्जनले अब काठमाडौंलाई सफल गर्ने अभियानको शुरूवात गर्न लागेको बताए ।
उनले भने ‘अहिले हामी यसरी सफा गर्छांभन्दैनौं सबै विषयमा कुराकानी मिलेपछि बल्ल जानकारी दिनेछौं ।’ उहाँले अघिल्ला जनप्रतिनिधिले राजधानी सफा गर्न नसकेको बताउनुभयो । टोलीले फोहोर व्यवस्थापन गर्न मेसिन खरिद गर्ने वा कुनै स्थान पहिचान गरी सो क्षेत्रमा जैविक मल कारखाना राख्ने कि फोहोरबाट अन्य कुनै सामग्री तयार गर्न सकिन्छ कि भनेर अनुसन्धान गरिरहेको छ ।
‘आफूमाथि अनाहकमा आरोप लगाएको भन्दै मुख्यमन्त्री र मन्त्रीसँग इगो बोकिरहेका मेयर साहले राजधानीको फोहोर बन्चरेडाँडा ल्यान्डफिल साइटमा व्यवस्थापन गर्न चाहनुभएको छैन । त्यसका लागि समितिका संयोजक एवं सदस्य सहमत भइसकेका छन् । वैज्ञानिक रूपमा व्यवस्थापन गर्न र स्थान खोज्न सबै लागिपरेका छन्’ – स्रोतले भन्यो ।
महानगरको फोहोर व्यवस्थापन गर्न करोडौं रुपियाँ खर्च हुने गरेको छ । सो खर्च व्यवस्थापन गर्न र वैज्ञानिक रूपमा फोहोर विसर्जन गर्न नयाँ उपाय अवलम्बन गर्न लागेको हो । कामपाले कहिलेदेखि महानगरभित्रै वा छिमेकी जिल्लामा फोहोर व्यवस्थापन गर्नेछ भन्ने विषयमा कसैसँग उत्तर छैन । तर, मेयर साहले विभिन्न स्थानको अवलोकन गरी केही समयपछि राजधानीनजिकै फोहोर व्यवस्थापन गर्ने तयारी गरिरहनुभएको छ ।
स्थानीयसँग महानगरले मात्र झगडा गर्नुपर्ने, सरकारले खासै सहयोग गर्न नसक्नेलगायतका कारण समस्या बढ्न थालेपछि कामपाले बन्चरेको विकल्प खोज्न थालेको हो । कामपाको फोहोर राजधानीमै व्यवस्थापन भए झन्डै दुई दशकदेखि महानगरले गर्न नसकेको काम साह नेतृत्वको टिमले गर्नेछ । महानगरले २०६२ साल जेठ २२ गतेदेखि काठमाडौं र ललितपुरमा उत्पादन भएको फोहोर ओखरपौवा क्षेत्रमा व्यवस्थापन गर्न थालिएको थियो ।
नेपालसमाचारपत्रको सहयोगमा