शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

एक्सन मिनिस्टर आलेले जाँदाजाँदै देखाए अर्को धमाका !


  • सोमबार, असार १३ २०७९
6K
SHARES

फाइल तस्विर

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले जादाजादै अर्को धमाका देखाएका छन् । आलेले आफूलाई टाइगर अर्थात् बाघको संज्ञा दिएका हुन् । आलेले मन्त्रीको अन्तिम सम्बोधनमा धमाकेदार अभिव्यक्ती दिएका छन् ।

पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएर आज आइतवार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री आलेले आफ्नो नौ महिने कार्यकालमा भएका कामबारे जानकारी दिने क्रममा आफूले बाघजस्तै भएर काम गरेको बताए । उनले भने, ‘मैले नौ महिनामा धेरै राम्रा काम गरेको छु, टाइगर अभी तक जिंदा है ।’

कार्यक्रममा बोल्दै मन्त्री आलेले आफूले गरेका कामबाट ९० प्रतिशत सन्तुष्ट भएको बताए । उनले भने, ‘म आफ्नो कामबाट ९० प्रतिशत सन्तुष्ट छु, बाँकी अधुरा रहेका काम अब आउने मन्त्रीजीले गर्नु हुनेछ भन्ने आशा लिएको छु ।’

विमानस्थलहरूको स्तरोन्नतिदेखि जहाजको नाइट स्टप तोकिएकै ठाउँमा राख्न लगाउने र जहाजको बेस लिएकै ठाउँबाट पहिलो उडान गर्नुपर्ने जस्ता नागरिकलाई फाइदा पुग्ने थुप्रै कामबारे मन्त्री आलेले पत्रकारहरूलाई जानकारी गराएका थिए । उनले कतिपय काम आफूले चाहेर पनि गर्न नसकेको स्पष्टीकरण दिए । उनले भने, ‘मेरो कार्यकालमा धेरै काम राम्रा भएका छन्, कतिपय काम आफूले चाहेर पनि गर्न सकिनँ, ती अधुरा काम अन्य दिनमा हुने छन् ।’

मन्त्री आलेले आफ्नो कार्यकालमा पर्यटन, नागरिक उड्डयन र संस्कृतिको विषयमा थुप्रै राम्रा तथा जुगौँ जुग स्मरण गर्ने खालका काम भएको दाबीसमेत गरे । यस वर्षको बुद्ध जयन्तीमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल बोलाएर आजसम्म बुद्धको जन्मस्थानको बारेमा रहेको भ्रमलाई चिर्न मोदीले बुद्धको जन्म नेपालमा नै भएको हो भनेर बोलेको र त्यो कार्यक्रमलाई आफूले अध्यक्षता गरेको विषयलाई पनि उहाँले आफ्नो सफलता भएको जानकारी दिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा