काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएका छन् ।
हिजो बसेको पार्टीको पोलिटब्यूरो बैठकमा ४८ घण्टाभित्र राजीनामा दिने आलेले घोषणा गरेका थिए ।
त्यसैबमोजिम अध्यक्षसमक्ष उनको राजीनामा आएको पार्टीका नेता सोमप्रसाद पाण्डेले बताए । आलेको राजीनामा प्रधानमन्त्री शेरबहादुर देउवासम्म पुगिसकेको छैन ।
यसअघि आलेसहित नेकपा एसका १० सांसदले पार्टीले मन्त्रीहरू फिर्ता बोलाउने निर्णय गरेकोमा असहमति जनाउँदै ध्यानाकर्षण पत्र लेखेका थिए । उनीहरूले पार्टीको संसदीय दल बैठक बोलाउन पनि माग गरेका थिए । तर, आलेसहित ६ जनाले उक्त पत्रबाट नाम फिर्ता लिइसकेका छन् ।
नेकपा एसका तीन मन्त्री भने अहिले पनि पद जोगाउन दौडधुपमै छन् । आज एक कार्यक्रममा अध्यक्ष नेपालले केही मन्त्रीहरुले पदबाट दिएको राजीनामा आफूले गोजीमा बोकेर हिँडिरहेको बताएका थिए । राजीनामा दिनेहरुको नाम उनले खुलाएका छैनन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।