सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको दल विभाजन सम्बन्धी अध्यादेशमा टेकेर माधव कुमार नेपालले नेकपा एमाले विभाजन गरेर नेकपा एसपार्टी बनाएका थिए ।
केद्रिय कमिटी वा संसदीय दल मध्ये कुनै एकमा २० प्रतिशत पुर्याए हुने कमजोर अध्यादेशमा टेकेर नेपालले एमाले फुटाएका थिए । देउवा सरकारले त्यस बेला ल्याएको अध्यादेशले लोकतन्त्रकै धज्जी उडाएको भन्दै चर्कोे विरोध भएको थियो । जम्मा २० प्रतिशत पुर्याउँन पनी माधव नेपाललाई कति पसिना छुटेको थियो भन्ने उनले बल्ल खुलासा गरेका छन् ।
देउवा सरकारले अध्यादेश ल्याए पछि दल विभाजनका लागी आवश्यक संख्या पुर्याएर उनले सांसदहरुलाई चन्द्र ढकालको चन्द्रागिरि रिसोर्टमा पुर्याएर लुकाएका थिए । चन्द्रागिरी रिसोर्टबाट सिधै निर्वाचन आयोगमा पुर्याएर सनाखन गरे पछि मात्रै केन्द्रिय सदस्य र सांसदहरुलाई घर जान दिइएको थियो । अध्यक्ष नेपालले त्यस बेला कति हैरानी भएको थियो भन्ने रामकहानी बल्ल सुनाएका छन् ।
नेपालले नेकपा एमालेबाट विद्रो गर्दा आफूहरूले निकै दुस्खकष्ट गरेको बताएका छन् । अनेकन तरिका लगाएर बल्लबल्ल विभाजनका लागि आवश्यक संख्या पुर्याएको उनले सम्झिए ।
पार्टीनिकट महिला संगठनको कार्यक्रममा बोल्दै नेपालले आफूहरूसँग तीन विकल्प रहेकोमा विद्रोह रोजेको बताए ।उनले भने, ‘हामीसँग केपी ओलीको दास बनेर बस्ने, गेरु वस्त्र लगाएर राजनीतिबाट सन्न्यास लिने र विद्रोह गर्ने तीन विकल्प थिए । हामीले विद्रोह रोज्यौँ । तर, विद्रोह गर्न कम्ती गाह्रो भएको थियो ।’
नेपालले सम्झिए, ‘भदौ २ गते हामीले होटल अर्यालबाट साथीहरूलाई बसमा राखेर चन्द्रागिरीमा लगेर दुई दिन राख्यौँ । केपी ओलीले आफ्नो मान्छेहरू होटलमा पठाएर आँसु खसाल्न लगाएर रोकौंला भन्ने सोचेका थिए । तर, उनको सबै योजना फेल गरायौँ । कति कष्ट गरेर बल्लतल्ल संख्या पुर्यायौँ ।’
उनले सधैँ सोझो पाराले नहुने भन्दै कहिलेकाहीँ उद्देश्य र बाटो फरक हुने बताए ।‘उद्देश्य एउटा हुन्छ, तरिका अर्को हुन्छ । कहिले पूर्व गएजस्तो, कहिले पश्चिम गएजस्तो । तर गन्तव्य एउटै,’ नेपालले भने, ‘पछिल्लो कालमा विद्रोह गर्ने बेलामा हाम्रो पक्षमा अलिकति अनुकूलता भयो र सफल भयौँ ’, नेपालले भने ।
उनले १० भाइलाइ दौडधुप गर्न लगाएर जेठ २ अगाडिको अवस्थामा फर्काउने नक्कली सर्त राखिएको बताए ।तर अहिलेसम्म पनि जेठ २ गतेको अवस्थामा फर्किएको छैन । ती १० भाइले न्याय पाएनन् । जे हामीलाई लागेको थियो, त्यही भयो,’ नेपालले भने ।