स्वतन्त्र उमेदवारी दिएर काठमाडौँ महानगरपालिकाको मेयरमा भारी मतले निर्वाचित भएका बालेन शाहले छोटो समयमै एक पछि अर्को राम्रो काम गर्दै जनताको मन जितिरेहेका छन् । बालेनको अर्को नयाँ योजनाले फेरी काठमाडौँबासीमा खुशियाली छाएको छ ।
काठमाडौँबासीले मात्रै होइन सिंगो देशबासीलेनै भोगेको प्रमुख समस्या मध्येको एक समस्या निजी विद्यालयहरुले अभिभावकसँग लिने चर्को शुल्क हो । जनताको ढास सेक्ने गरि कतिपय निजी शैक्षिक संस्थाहरुले शुल्क असुली गरिरहँदा पनि राज्य संयन्त्रबाट प्रभावकारी अनुगमन र निगमन हुन नसकेको गुनासो बढिरेहेका बेला बालेनले कठोर कदम चाल्ने तयारी गरेका छन्।
निजी बिधालयहरुमा हुने चर्को शुल्क र अभिभावक माथी आर्थिक शोषणका विरुद्ध बालेनले कठोर कदम चाल्ने तयारी गरेका छन् । प्रभावकारी अनुगमन र वैज्ञानिक शुल्क निर्धारणको मापदण्ड बनाउँने तयारीमा बालेन रहेका छन् । अब मनपरी नचल्ने भन्दै यस बिषयमा बालेनको कोर टिमले सुक्ष्म काम गरिरहेको बताइएको छ ।
बालेनेको तयारी थाहा पाए पछि शैक्षिक माफियाहरुको भने कुदाकुद भएको छ । बालेनले सस्तो, गुणस्तीय शिक्षाका लागि कदम चालेपछि स्कुलका मालिकहरु नेताका घरघर धाउन थालेका छन् ।काठमाडौं महानगर भित्रका निजि विद्यालयहरूले अब आफूखुसी शुःल्क लिन नपाउने भएका छन् । मेयर बालेन शाहले निजी विद्यालयको शुल्क महानगरपालिकाले पुनरावलोकन गर्ने तयारी गरेका छन् ।
मेयर शाहले महानगरपालिकाको आर्थिक वर्ष २०७९-८० को नीति तथा कार्यक्रममा पनि काठमाडौंका निजि विद्यालयको शुल्कमा कडाई गर्ने संकेत गरेका थिए ।काठमाडौंभित्रका निजि विद्यालयहरूले मनलाग्दी पैसा उठाएको चर्चा भैरहेका बेला मेयर शाहले गरेको यस्तो तयारीले धेरै अभिभावक लाभान्वित हुनेछन् ।
नीति तथा कार्यक्रममा शाहले निजि विद्यालयको शुल्क वैज्ञानिक तरिकाले निर्धारण हुँदा अहिले भएको शुल्कमा पुनरावलोकन गर्ने बताएका थिए ।अहिले काठमाडौंका निजि विद्यालयहरूले शुल्कको आतंक नै मच्चाएका छन् । सरकारी विद्यालय राम्रा नहुँदा निजि विद्यालयमा बच्चा पढाउनुपर्ने अभिभावकको बाध्यताको फाइदा उठाएर निजि विद्यालयले विभिन्न शिर्षकका चर्को शुल्क असुलीरहेका छन् ।
यदि महानगरले विद्यालयको अनुगमन गरेर शुल्क समायोजन गर्ने हो भने लाखौँ अभिभावक लाभान्वित हुनेछन् । मेयर बालेन शाहको यस्तो तयारीपछि निजि विद्यालय सञ्चालकहरूको दौडधुप चलेको छ । उनीहरूले नेताहरूको घरदैलोमा पुगेर महानगरको यस्तो तयारी रोक्न बार्गेनिङ गर्न थालेका छन् ।