शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

जिम जाने युवाहरुलाई धरानमा मेयरले दिए गजवको अफर !


  • आइतबार, असार १२ २०७९
56.5K
SHARES

फाइल तस्विर

काठमाडौँ – जिम गएर समेय खेर फालिरहेका युवाहरुका लागि धरान उपमहानगरका प्रमुख हर्क साम्पाङले गजबको योजना ल्याएका छन् ।

प्राकृतिक वातावरणमा शारीरिक श्रम गरेर धरानवासीलाई पानी खुवाउन योजनालाई सहयोग गर्न ती युवालाई आह्वान गरेका हुन् । स्थानीय पकुवा खोलामा प्राकृतिक वातावरणमा शारीरिक श्रम गरेर नगरवासीलाई पानी खुवाउन सहयोग गर्न आह्वान गरेका हुन्।

‘जिम गयो भने पैसा तिर्न पर्छ, यहाँ श्रम गर्दा त उल्टो पैसा आउँछ । प्रकृतिसँग रमाउँदै पसिना निकाल्दा ज्यान पनि लाग्छ ।’ भन्दै साम्पाङ युवाहरुलाई आह्वान गरेका हुन् ।

‘दिनभरि जिमभित्र फलाम उचालेर बोसो घटाउने युवालाई पकुवा खोलामा प्राकृतिक वातावरणमा शारीरिक श्रम गरेर धरानलाई पानी खुवाउन सहयोग गर्न आह्वान गर्दछु,’ उपमहानगर प्रमुख साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

उनले स्थानीय तह निर्वाचनमा धरानवासीलाई पानी खुवाउने एजेन्डा अघि सारेका थिए। धरान–२० मा पर्ने पकुवा खोलाबाट पानी ल्याउन साम्पाङ आफैँ श्रमदान गर्दै आएका छन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा