शनिबार, साउन ९ २०८३
ताजा अपडेट

दोश्रो पटक पनि चकनाचुर भयो मेटमणीको मन्त्री बन्ने सपना !


  • शनिबार, असार ११ २०७९
6.8K
SHARES

फाइल तस्विर

नेकपा एमाले विभाजन हुँदादेखि नै चर्चामा छन् मेटमणी चौधरी । अघिल्लो पटक मन्त्री बन्नका लागि ठिक्क परेका चौधरीलाई पार्टी अध्यक्ष माधवकुमार नेपालले अन्तममा आएर रोकेका थिए । अहिले पनि आन्तरिक समिकरण मिलाउन मेटमणीको नाम काटिएको छ ।

पटक पटक मन्त्रीको लागि नाम फाइनल भएर पनि मन्त्री बन्ने सौभाग्य गुमाउँदै आएका चौधरीलाई यो पटक पनि मन्त्री बन्नबाट रोक्न नेकपा एस भित्रको ठूलो तप्का हात धोएर लागेको छ । चौधरीलाई मात्रै होइन पर्यटनमन्त्रीमा सिफरिस भएका जीवनराम श्रेष्ठको नाम पनि हटाएर नयाँ लिस्ट पठाइएको छ ।

एकीकृत समाजवादीका मन्त्रीहरूले नयाँ मन्त्रिमण्डलमा समावेश गरिनुपर्ने सांसदहरूको नयाँ सूची तयार पारेका छन् । यसअघि पार्टीले तयार पारेको सूचीभन्दा फरक सूची उनीहरूले प्रस्ताव गरेका हुन् । उनीहरुले तयार पारेको नयाँ लिस्टमा मेटमणी चौधरी र जीवनराम श्रेष्ठको नाम समावेश छैन ।

उनीहरूले ललितपुरका कृष्णलाल श्रेष्ठ, डडेलधुराकी निरा जैरु, डोल्पाका धनबहादुर बुढा, दाङका हिरा केसीलाई मन्त्री र मुगुका गोपाल बमलाई राज्यमन्त्री बनाउनुपर्ने प्रस्ताव पार्टीमा पेस गरेका छन् ।

पार्टीको सचिवालयले तीन हप्ताअघि प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा रहेका मन्त्रीहरू परिवर्तन गर्ने निर्णय गरेको थियो । पार्टीले हालका स्वास्थ्य राज्यमन्त्री रहेका भवानीप्रसाद खापुङलाई मन्त्रीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

त्यसैगरी जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरीलाई सहरी विकास, शेरबहादुर कुँवरलाई श्रम मन्त्री बनाउने निर्णय गरेको थियो । साथै हिरा केसीलाई राज्यमन्त्री बनाउने निर्णय गरेको थियो ।

तर बाहिरिने तयारीमा रहेका मन्त्रीहरूले आफूले छाड्ने शर्तमा आफैंले प्रस्ताव गरेका सांसदहरूलाई मन्त्रीहरू बनाउनु पर्ने अडान राखेका छन् ।यसअघि उनीहरूले बजेट पास नहुन्जेलसम्म मन्त्री पद नछाड्ने अडान राखेका थिए ।

यस्तै उनीहरूले पार्टीबाट मन्त्रीको रुपमा प्रस्तावित भएका सांसदहरूबारे सार्वजनिक रुपमा नै आपत्ति जनाएका थिए । तीमध्ये केही गैरसांसदसमेतको नाम सिफारिस भएकोमा पार्टी नेतृत्वप्रति उनीहरूको आपत्ति थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा