आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

चोरी शिकारीको आरोपमा थुनामा रहेको कुकुरले भेट्टायो मालिक !


  • शनिबार, असार ११ २०७९
5.4K
SHARES

गत चैत १४ मादेखि डिभिजन वन कार्यालय मुगुको नियन्त्रणमा रहेको कुकुरले मालिक भेट्टाएको छ । घोरल चोरी शिकारीको आरोपमा मालिकसँगै कुकुरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

बुधबार कुकुरका मालिक च्याम्पा तामाङ सम्पर्कमा आएपछि वन कार्यालयले कुकुरलाई बिहीबार बिहान उनको जिम्मा लगाएको हो ।

मुगुको कार्मारोङ गाउँपालिका-१ चितैका च्याम्पा तामाङ, उनका छोरा दावाछोर्देन, टासी र छिमेक लामा पक्राउ परेका थिए । उनीहरुको साथमा कुकुर पनि थियो । जेठ १२ मा जिल्ला अदालतको आदेशबाट च्याम्पा र दावाछोर्देन ७० हजार रुपैयाँ धरौटीमा रिहा भएका थिए भने टासी र छिमेक साधारण तारेखमा छुटेका थिए ।

उनीहरु छुटे पनि कुकुरका विषयमा अदालतले केही नभनेपछि वन कार्यालयले कुकुरलाई थुनेर राखेको थियो । धरौटीमा छुटेका च्याम्पाले लिन नआएपछि कुकुर तीन महिनादेखि वन कार्यालयमै रहेको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा