११ असार, काठमाडौँ ।
लगातार बढिरहेको पेट्रोलियम पदार्थको मुल्य बृद्धिमा ब्रेक लागेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा कटौती गरेसंगै पेट्रोलियम पदार्थको मुल्य बृद्धिमा ब्रेक लागेको हो ।
सत्ता गठबन्धनको निर्णयअनुसार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा कटौती गरेको छ ।
आज शनिबार बसेको निगम सञ्चालक समिति बैठकले मूल्य घटाउने निर्णय गरेको हो । निगमले पेट्रोलमा २० रुपैयाँ र डिजेल(मट्टितेलमा २९ रुपैयाँ मूल्य घटाएको हो ।
यसअनुसार अब घटेको पेट्रोलको मूल्य १७९ निर्धारण हुनेछ । भने डिजेल(मट्टितेलको १६३ निर्धारण हुनेछ । घटेको मूल्य आजै राति १२ बजेदेखि लागू हुने नेपाल आयल निगमले जनाएको छ ।
आज बिहान बसेको सत्ता गठबन्धनको बैठकले कर कटौती गरेर पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्णय गरेको थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।