शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

बारम्बार एउटै कुराले चारैतर्फबाट हमला हुन थालेपछि रवि लामिछानेले सम्पर्क नम्बर नै गरिदिए सार्वजनिक !


  • शनिबार, असार ११ २०७९
25K
SHARES

फाइल तस्विर

चर्चित सञ्चारकर्मी रवि लामिछानेले राजनीतिमा पाइला टेकेपछि अनेकन प्रश्न उठ्न थालेका छन् । त्यही मध्येको एक हो रवि प्रस्तोता भएर चलाउने भनेको टेलिभिजन कार्यक्रम ‘द लिडर’ । ‘द लिडर’ को प्रश्नले रवि घेरिएका छन् अहिले । रवि उक्त कार्यक्रमको प्रस्तोता मात्रै भएपनि सबैले उनीमाथि ठगिसम्मको आरोप लगाइरहेका छन् ।

शुक्रबार पत्रकार सम्मेलन गरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रजिष्ट्रेसन गरेका आकांक्षीको पैसा फिर्ता दिनु आफ्नो नैतिक दायित्व भएको बताए। आफू उक्त कार्यक्रम सञ्चालकमात्रै भए पनि मानिसहरूले आफूलाई हेरेर रजिष्ट्रेसन गरेकाले सबैको पैसा फिर्ता गर्न आफूले पहल गर्ने लामिछानेको भनाइ छ। चौतर्फी प्रश्नको हमला भएपछि रविको टिमले सम्पर्क नम्बर नै सार्वजनिक गरेको छ ।

यसअघि पनि धेरै पटक इच्छुकले पैसा फिर्ता लैजान सार्वजनिक रूपमा भनिएको भए पनि सबैसम्म सूचना पुर्‍याउन नसकिएकाले केहीले अझै पैसा फिर्ता नपाएको उनले बताए। उक्त कार्यक्रमका लागि ११९२ जनाले रजिष्ट्रेसन गरेकामा ८८३ जनाले पैसा फिर्ता लिइसकेको लामिछानेले बताए।

पैसा फिर्ता लिनका लागि सम्पर्क गर्न उनले मोबाइल नम्बर पनि उपलब्ध गराएका छन्। मोबाइल नम्बरहरू ९८४१९५६९०६, ९८४११२५६१७, ९८४७९१०१०५, ९८६११६४९४४, ९८०१११६७१८ मा सम्पर्क गरी पैसा फिर्ता लिन सकिने उनले बताए। २०७६ मंसिर २६ गते ‘द लिडर’ कार्यक्रम घोषणा गरिएको थियो। सात प्रदेशका विभिन्न स्थान र विदेशमा अडिसन गरी एक सय प्रतिस्पर्धीलाई काठमाडौं ल्याएर फाइनलमा प्रवेश गराइने लामिछानेले बताएका थिए।

ुद लिडरु का विजेतालाई काठमाडौंमा अपार्टमेन्ट, गाडी र २० लाख रूपैयाँ नगद पुरस्कार दिने भनिएको थियो। कार्यक्रममा बाबुराम भट्टराई, सुशीला कार्की, रवीन्द्र मिश्र, प्रदीप गिरि र प्रदीप नेपाल निर्णायक थिए। सुरूमा ‘द लिडर’ न्युज २४ टेलिभिजन, रमाइलो टिभी एचडी र गुन्द्रुक एपबाट प्रसारण हुने भनिएको थियो। लामिछानेले न्युज २४ छाडेर ग्यालेक्सी फोरकेमा गएपछि यो कार्यक्रम त्यहीँ प्रसारण हुने अपेक्षा गरिएको थियो।

कार्यक्रम उत्पादक एसआरबिएन मिडियाका प्रमुख कार्यकारी विपिनकुमार आचार्य पनि लामिछानेको टिममै थिए। लामिछाने ग्यालेक्सी फोरके गएपछि उनी पनि त्यहीँ गएका थिए। आचार्य अहिले ग्यालेक्सी फोरकेमै क्रियटिभ डाइरेक्टर छन्। आचार्यले पनि रजिष्ट्रेशन गरेकाहरू पैसा फिर्ता दिन आफूहरू तयार रहेको बताए।

‘पहिलो कुरा हामी कार्यक्रम गर्ने कि नगर्ने भन्ने अझै निर्णयमा पुगिसकेका छैनौं। सुरूमा कोरोनाले रोकियो। अहिले रवि सर राजनीतिमा जानुभयो। अब अर्को सञ्चालक राखेर कार्यक्रम गर्ने कि नगर्ने भन्ने निर्णय गर्न बाँकी छ,’ आचार्यले भने, ‘रजिस्ट्रेसन गरेका केहीले अहिले पैसा फिर्ता लिँदैनौं, पछि कार्यक्रम भयो भने सहभागी हुन्छौं भन्नुभएको छ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा