आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

विजुक्छेंलाई पत्नी वियोग, सारा भक्तपुरबासीलाई रुवाएर बिदा भइन् शोभा !


  • शुक्रबार, असार १० २०७९
7.7K
SHARES

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंकी धर्मपत्नको आज दाहसंस्कार गरिएको छ । विजुक्छेंकी पत्नी शोभा प्रधानको उपचारका क्रममा बुधबार अपराह्नमा निधन भएका थियो । प्रधानको भक्तपुर नगरपालिका वडा नं ७ हनमानाघाटस्थित घाटमा आज दाहसंस्कार गरिएको हो ।

विजुक्छेंकी धर्मपत्नी एवं पार्टीकी योद्धा ६२ वर्षीया शोभा प्रधानको निधनले सारा भक्तपुरबासी रुवायो । मलामीमा हिडेका हजारौं भक्तपुरेहरुको आँखा रसाए ।

स्वर्गीय शोभा प्रधानको पार्थिव शरीरमा दागवती दिने कार्यक्रममा भक्तपुर नगरबासी ओर्लेका थिए । हनमानाघाटस्थित घाटमा सयौँको संख्यामा भीड थियो ।

पार्टी निकटको नेपाल क्रान्तिकारी महिला संघ र नेपाल क्रान्तिकारी शिक्षक सघको संयुक्त आयोजनामा श्रद्धाञ्जली अर्पण गर्न दिउँसो १ बजे स्थानीय दूधपाटीमा हजारौ मानिस भेला भएका थिए। दूधपाटीमा शिक्षक संघकोतर्फबाट श्रद्धाञ्जली अर्पण गरिएको थियो। त्यहाँं शिक्षक संघकोतर्फबाट चक्रबहादुर चाकतूले स्वर्गीय प्रधानको जीवनी पढेर सुनाए । पार्टीकोेतर्फबाट सचिव प्रेम सुवालले प्रधानको मृत शरीरमा पार्टीको झन्डा ओढाएका थिए।

स्वर्गीय शोभा प्रधानको पार्थिव शरीरमाथि पुष्पगुच्छा अर्पर्ण गर्न धेरै विशिष्ट व्यक्तिहरु सहभागी भएका थिए । त्यसपछि अन्त्येष्टिका लागि शवलाई भक्तपुर नगर परिक्रमा गरिएको थियो। शवयात्रा नगरको दूधपाटीबाट भार्वाचो, नासमना, टौमढी, सुकुलढोका, तचपाल, च्याह्मासिंह हुँदै हनुमानघाट पुगेको थियो। हनुमानघाट पुुगेपछि पुनः महिला संघकोतर्फबाट श्रद्धाञ्जली अर्पण गरिएको थियो।

२३ वर्ष अघि स्तन क्यान्सर भई पूर्णरूपमा निको भएका स्वर्गीय शोभा प्रधान पुनः २०७४ सालदेखि पाठेघर क्यान्सरबाट पीडित थिइन्। उनको बुधबार साँंझ नेपाल क्यान्सर अस्पताल हरिसिद्धि ललितपुरमा उपचारकै क्रममा निधन भएको थियो। निधनको दुई दिनपछि उनको शुक्रबार उनको दाहसंस्कार गरिएको थियो। उनको पार्थिव शरीरमा कान्छो सुपुत्र सुवानले दागीवती थिएका थिए। मृतक शोभाका दुई सुपुत्र डा सुवेग र सुवान छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा