आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

आफै विरुद्ध खनिएका दाजु हरिशरण लामिछानेलाई रबिले फर्काए ‘पत्थरको जवाफ फुल’बाट !


  • शुक्रबार, असार १० २०७९
9.2K
SHARES

फाइल तस्विर

११ असार, काठमाडाैँ ।

आफ्नै दाजु हरिशरण लामिछानेले झन् झन् विरोध गर्न थालेपछि भाई अर्थात राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछानेले सफ्ट जवाफ फर्काएका छन् । प्रस्तावित स्वतन्त्र राष्ट्रिय पार्टीका सभापती लामिछानेले आफ्नो विरोध गरिरहेका आफ्ना सहोदर दाजु हरिशरणलाई पथ्थरको जवाफ फुलबाट दिएका हुन् ।

आफ्नो भाइ रविले हतारमा पार्टी खोलेर गल्ती गरेको भन्दै पटक पटक सार्वजनिक रुपमै असन्तुष्टि व्यक्त गरिरहेका आफ्ना दाजु हरिशरणको बिषयमा आज प्रस्तावित स्वतन्त्र पार्टीले पार्टी घोषणा गरे पछि पहिलो पटक गरेको पत्रकार सम्मेलनमा रविले जवाफ फर्काएका छन् ।

तपाइको दाजु नै तपाईको विरोधमा उत्रुन भएको छ मेरो भाइले पार्टी खोेलेर कच्चा काम गरेको छ यो पोलिटिकल्ली राइट छैन भन्ने आरोप तपाइको दाजुले लगाउँनु भएको छ यसमा के भन्नुहुन्छ ? भन्ने पत्रकारको प्रश्नमा रविले विस्तृत जवाफ दिएका छन् ।

पोलिटिकल्ली ठिक नभएको भन्ने दाजु हरिशरणको आरोपको उनले खण्डन गरेका छन् । आफुसँग भएका विकल्पहरु मध्ये एक विकल्पको प्रयोग गरेका भन्दै उनले संविधानले दिएको अधिकार प्रयोग गरेर पार्टी खोल्नु कसरी पोलिटिकल्ली गलत हुन्छ? भन्दै जवाफ दिएका छन् ।

कि स्वतन्त्र उमेदवार भएर उठ्ने, कि कुनै पार्टीमा प्रवेश गर्ने कित आफैँ पार्टी खोल्ने यी तीन विकल्पहरु मात्रै आफु सँग रहेको स्मरण गराउँदै रविले यस मध्येको पार्टी खोल्ने विकल्प आफुले छनोट गरेको जवाफ दिएका छन् । दाई हरिशरण लामिछाने प्रति कुनै व्यक्तिगत टिप्पणी भने उनले गरेनन् ।

लामिछानेले पार्टीको नामका विषयमा उत्पन्न विवादका विषयमा पनि प्रष्टीकरण दिएका छन् ।उनले स्वतन्त्र उम्मेदवारहरूको विरुद्धमा आफ्नो पार्टी नउत्रिएको बताए ।रविले भने, ‘हामीले स्वतन्त्र रूपमा उठ्नुभएका वा उठ्न चाहेकाहरुलार्ई पनि समेट्ने सोच राखेर पार्टी गठन गरेका हौँ । स्वतन्त्रका विरुद्ध हामी छैनौँ ।’

उनले योग्य स्वतन्त्र उम्मेदवार उठेको क्षेत्रमा आफ्नो पार्टीले उम्मेदवार नउठाउने विषयमा सोच्न सक्ने बताए । साथै, आफ्नो पार्टीको चुनाव चिन्हबाट स्वतन्त्र उठ्न चाहेमा त्यो सुविधा पनि दिइने उल्लेख गरे ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा