शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

रबि लामिछानेको पार्टीविरुद्ध पन्छाउनै नसकिने गरी लाग्यो उजुरीको चाङ !


  • शुक्रबार, असार १० २०७९
12.3K
SHARES

१० असार, काठमाडाैँ ।

गठन भएको दिनदेखिनै रबि लामिछानेको स्वतन्त्र पार्टीको बिरुद्धमा उजुरीको चाङ लागेको छ। युरोपियन युनियनकै जस्तो झण्डा हालेर गत मङ्गलवार दर्ता भएको पूर्वसञ्चारकर्मी रवि लामिछानेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’बिरुद्ध आजपनि अर्को उजुरी दर्ता भएपछी पन्छाउनै नसकिने गरि उजुरीको चाङ लागेको हो । स्वतन्त्र उम्मेदवारी अभियानलगायत आजै दिउँसो अर्को उजुरी हाल्नेको संख्या ५ पुगेको छ ।

मंगलबार लामिछानेले पार्टी दर्ताको निवेदन दिएपछि भोलिपल्ट बुधबार स्वतन्त्र उम्मेदवारी अभियानले पार्टीको नामबाट ‘स्वतन्त्र’ शब्द हटाउन माग गर्दै उजुरी दिएको थियो । त्यसबाहेक अन्य व्यक्ति र समूहले पनि राजनीतिक दल स्वतन्त्र हुनै नसक्ने भन्दै उजुरी हालेका थिए ।

आज एउटासहित रविको पार्टीविरुध्द कूल पाँच वटा उजुरी परेको निर्वाचन आयोगले जनाएको छ।

प्रायस् सबै उजुरीमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ मा प्रयोग भएको ‘स्वतन्त्र’ शव्दले वास्तविक स्वतन्त्र व्यक्ति,समूह,संस्थालाई गम्भीर आघात पुगेको भन्दै दल दर्ता नगर्न माग गरिएको छ । तर, यतिधेरै उजुरीका बाबजुद आयोगले भने ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ कै नाममा दल दर्ता गरिदिएको हो ।

लामिछानेले पार्टीको प्रवक्तासमेत तोकिसकेका छन् । २१ जनाको टिम रहने पार्टीमा डा। मुकुल ढकाल प्रवक्ता बनेका छन् । उनले रासकोट अस्पताल निर्माणमा लामिछानेलाई सघाएका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा