शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

बालेन र हर्क साम्पाङ पनि स्वतन्त्र पार्टीमा आउँदैछन् ? रवि लामिछानेले दिए यस्तो जवाफ !


  • शुक्रबार, असार १० २०७९
10.6K
SHARES

फाइल तस्विर

११ असार, काठमाडाैँ ।

स्थानिय तहको निर्वाचनमा स्वतन्त्र उमेदवारी दिएर काठमाडाैँ महानगरपालिकाको मेयरमा निर्वाचित भएका बालेन शाह र धरान उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएका हर्क साम्पाङको बिषयमा स्वतन्त्र राष्ट्रिय पार्टीका अध्यक्ष रवी लामिछानेले मुख खोलेका छन् ।

एकाएक पत्रकारिता यात्रा छोडेर पुर्णकालिन राजनितिमा होमिएर राजनितीक दलनै खोेलेका रवि लामिछानेले आफ्नो पार्टीमा बालेन शाह र हर्क साम्पाङलाई पनि स्वागत गर्न आतुर रहेका बताएका छन् । शाह र साम्पाङलाई स्वागतका लागी आफु तयार रहेको उनले भनेका छन् । आफ्नो पार्टीमा ल्याउन प्रयास गर्ने पनि उनले बताएका छन् ।

शुक्रबार रिपोर्टस् क्लबमा प्रकार सम्मेलन गर्दै उनले भने, ‘बालेन साहजी र हर्क साम्पाङजी जस्ता मान्छेहरुको साथ हामीलाई मात्र होइन अन्य दललाई पनि आवश्यक छ । तर हामीले प्रयास गर्छौं ।’

उनीहरु मेयरमा निर्वाचित भइसकेपछि एउटै पार्टीमा बसेर काम गर्ने विषयमा कुराकानी नभएको लामिछानेको भनाइ छ । ‘हामीले पार्टी खोल्दा बालेन साह र हर्क साम्पाङ निर्वाचित भइसक्नु भएको थियो,’ उनी भन्छन्, उहाँहरु निर्वाचित भइसकेपछि हामी स्वागत गर्न तयार छौं । तर उहाँहरुसँग कुरा भएको छैन । उहाँहरुले काम गरिराख्नु भएको छ ।’

यस्तै बालेन र हर्कहरूलाई असफल हुने सुविधा नभएको भन्दै उनीहरुलाई काम गर्न दिनुपर्ने लामिछानेले बताए । उनले भने, ‘उहाँहरुलाई काम गर्न दिनुपर्छ । काम गरेर देखाउनु पनि छ । उहाँहरुलाई फेल हुने सुविधा पनि छैन ।’ राजनीतिबाट आएका मान्छेबाट मात्र राजनीति सफल हुन्छ भन्ने भाष्य परिवर्तन गर्नका लागि पनि उनीहरु सफल हुनुपर्ने उनले बताए । लामिछानेले भने, ‘उहाँहरुको सफलताले त्यसलाई परिभाषित गर्छ, प्रमाणित गर्छ । हामीले उहाँलाई सफल कार्यकालको शुभकामना दिने हो ।’

राष्ट्रिय स्वतन्त्र पार्टीमा आए पनि नआएपनि उनीहरुलाई सल्लाह र सुझाव आवश्यक भए आफूहरु २४ घण्टा तयार हुने बताए । उनले भने, ‘हाम्रो पार्टीमा ल्याउन नल्याउने भन्दा पनि उहाँहरुको कार्यकालको सफलता हाम्रा लागि प्राथमिकताको कुरा हो ।’

रवि लामिछानेका धेरै शुभचिन्तकहरुले रवि ,बालेन र हर्कहरु एकसाथ रहनु पर्छ भन्ने आवाज जोडदार ढंगले उठाइरहेका बेला यस बिषयमा लामिछानेको यस्तो प्रतिक्रिया आएको हो । रवि लामिछानेले पार्टी खोलेको बिषयमा अहिले सम्म बालेन र हर्क साम्पाङले भने केहि प्रतिक्रिया दिएका छैनन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा