१० असार, काठमाडौँ ।
ह्यापिनेस अर्थात् खुसी रहनका लागि के–के कुरा आवश्यक छ ? भन्ने विषयमा बृहत् कार्यक्रम हुने भएको छ । इन्डिया नेपाल आल्मुनि नेटवर्कले आगामी जुन २७ बाट बृहत् कार्यक्रमको आयोजना गर्न लागेको हो ।
विगत १६ वर्षदेखि योग, फिटनेस तथा दि आर्ट अफ लिभिङ्गका अनुभवी प्रशिक्षकहरूले प्रशिक्षण दिने ५ दिने कार्यक्रममा सबैले सहभागी जनाउन सकिनेछ । ललितपुरको एनएस मार्केट परिसरमा हुने उक्त ह्यापिनेस कार्यक्रममा जो कोहीले पनि सहभागी बन्न सक्ने आयोजकले जनाएको छ ।
दि आर्ट अफ लिभिङ्गका अनुभवी प्रशिक्षक राम पाण्डे, अम्बिका सिम्खडा र अनिता रेग्मीले प्रशिक्षण दिने छन् ।
ह्यापिनेस कार्यक्रम अन्तर्गत योग, ध्यान, प्राणायाम, सुदर्शन क्रिया, प्राचीन ज्ञान तथा विभिन्न क्रियाकलापको कार्यक्रम हुनेछ ।
कार्यक्रममा सहभागी हुँदा पिर, चिन्ता, तनाव, दुख र रोगबाट मुक्त हुनुको साथै शारीरिक तथा मानसिक स्वास्थ्य, खुसी, उत्साह, जोस जागर, हिम्मत र आनन्द बढाउने आयोजकले जनाएको छ ।
कार्यक्रम बिहान ६ बजेदेखि ९ बजेसम्म चल्नेछ ।
नाम दर्ता का लागी लिंकः https://rb.gy/qgl1wd