शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

पार्टी गठन भएको दुई दिन पनि बित्न नपाउँदै रबिले भेटे रमेश खरेललाई, यस्तो भयो सहमति !


  • शुक्रबार, असार १० २०७९
8.3K
SHARES

फाइल तस्विर

१० असार, काठमाडौँ ।

पत्रकारिताको यात्रालाई पुर्णरुपमा बिट मारेर राजनीतिमा होमिएका रबि लामिछानेले गठन गरेको नयाँ पार्टीको नाम र चुनाव चिन्हमा विवाद भईरहेको बेला रबिले अन्य नवगठित पार्टीहरुसंगको भेटघाटलाई तिब्र पारेका छन ।

यसै क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलसंग भेटघाटवार्ता गरेका हुन् ।

समसामयिक राजनीतिक घटनाक्रम पार्टी एकिकरण र राजनीतिक यात्रामा सहकार्य गरेर जाने विषयमा उनीहरूबीच आज छलफल भएको छ।

दुवै पक्षबीच आगामी राजनीतिक यात्रामा सहकार्य गर्ने विषयमा छलफल भएको अध्यक्ष खरेलनिकट स्रोतले जनाएको छ।

‘राजनीतिक यात्रामा सहकार्य गर्ने विषयमा सकारात्मक कुराकानी भएको छ,’ स्रोतले भन्यो। लामिछानले हालै राष्ट्रिय स्वतन्त्र पार्टी गठनको घोषणा गरेका थिए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा