रवि लामिछानेको नेतृत्वको नयाँ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले आज पत्रकार सम्मेलन गर्ने भएको छ । पार्टी गठनको घोषणापछि आज पहिलोपटक राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकार सम्मेलन गर्न लागेका हो ।
डाक्टर मुकुल ढकालले राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवक्ताको जिम्मेवारी पाएका छन् । प्रवक्ता ढकालको हस्ताक्षरसहित पत्रकार सम्मेलन भन्दै पार्टीले पत्र सार्वजनिक गरेको छ ।
आज अपरान्ह ४ बजे पत्रकार सम्मेलन गरिने जनाइएको छ । ऋषि धमला सभापती रहेको भृकुटी मण्डपमा अवस्थित रिपोर्टस क्लवमा पत्रकार सम्मेलन हुनेछ ।
प्रवक्ता विराटनगरका ढकाल कालिकोटको रास्कोट अस्पतालका डाइरेक्टर हुन् । लामिछानेको पहलमा उक्त अस्पताल बनेको थियो । पत्रकारिता छोडेर राजनीतिक यात्रा अघि बढाएका लामिछानेले आफ्नो पार्टीमा २१ जना रहेको बताए पनि को–को छन् भन्ने खुलाएका थिएनन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।