प्रतिनिधिसभा बैठकमा न्यायाधीश राजकुमार कोइरालाको घुस प्रकरणसम्बन्धी अडियोको विषय उठेको छ ।
बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद् लीलादेवी सिटौलाले न्यायाधीश कोइराला र नेपाल बार एसोसिएसनका पूर्वकोषाध्यक्ष रुद्रप्रसाद पोखरेलबीच भएको भनिएको संवादको विषय उठाएकी हुन् ।
प्रतिनिधी सभाको बैठकको सुन्य समयसम्म आइपुक्दा पनि यो बिषय कसैले उठाएका थिएनन् तर लिलादेविले भने अरु क्षेत्र जस्तै न्यायालय पनि सेतिन्गमा चलेको र जनताको नजरमा बदनाम हुदै गएको भनी आक्रोस पोखेकी छिन् ।
उनले यो बिषय उठाउनु अघि अरु साम्सदहरुले चुइक्क सम्म पानी गरेका थिएनन् ।
उनले अरू क्षेत्रजस्तै न्यायालय पनि ‘सेटिङ’मा चलेको भन्दै आक्रोश पोखिन् । “नेपालकै न्यायालय कस्तो छ भन्ने प्रस्टै जनताको आँखाले देख्ने गरी निस्कियो । दुःखका साथ भन्नुपर्छ, यो देशमा सरकारी निकायमा रहनेहरू, राज्यको कोषबाट तलबभत्ता बुझ्नेहरू सेटिङमा पैसा कमाउन लागेका छन्,” उनले भनिन्, “देश डुबिरहेको छ । मुद्रा सञ्चितिको स्थिति बिजोग छ । देश टाट पल्टिएको छ । अदालत सेटिङमा घुस खान्छ ।”
उनले यसका विरुद्ध सिंगो संसद् एकजुट भएर उभिनुपर्ने बताइन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।