शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

दुर्गा प्रसाईँले एमाले अध्यक्ष ओलीलाई पनि मुर्गा बनाए


  • बुधबार, असार ८ २०७९
10.5K
SHARES

काठमाडौं – मार्सि नामले परिचित मेडिकल व्यावसायी तथा नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईले नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीलाई मुर्गा बनाएका छन् । प्रसाईँले अध्यक्षलाई दुबईका नक्कली राजकुमार भेटाएर मुर्गा बनाएका हुन् । कसैलाई फसाउन परे मुर्गा बनाएको भन्ने वाक्य नेपाली चलन चल्तीमा छ ।

दुबईका नक्कली राजकुमारका कारण अहिले चर्चामा रहेका प्रसाईले आफ्नै अध्यक्षलाई समेत फसाएको बजारमा चर्चा चलेको छ । ओलीले दुबईका राजपरिवारका सदस्य शेख मोहम्मद विन मुक्तोम बिन जुमा अल माक्तोमले भेट गरेका छन् ।

भक्तपुरको बालकोटस्थित निवासमा मंगलबार ओलीसँग माक्तोमले भेट गरेका हुन् । भेटमा के कुरा भएको केही भनिएको छैन । मेडिकल माफियाका रुपमा परिचित एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाइँको निम्तोमा काठमाडौं आएका माक्तोमलाई दुबईका राजकुमार भनेपछि विवाद भएको थियो । माक्तोम दुबईका राजकुमार नभई दुबईका राजपरिवारका सदस्य मात्रै हुन् र माक्तोमलाई नक्कली राजकुमार भनिएको छ ।

माक्तोमले एमालेका नेता प्रसाइँलाई सुनको लौरो ल्याइदिएका थिए । सुनको लौरोका आलोचना भएपछि प्रसाइँले सो लौरो नक्कली सुनको रहेको जनाएका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा