आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

आइडिया नेपालले गर्‍यो कार्यालयको उद्घाटन (फोटो फिचर)


  • सोमबार, असार ६ २०७९
8.3K
SHARES

काठमाडौँ । एसोसिएसन फर आइडिया नेपालको कार्यालय उद्घाटन भएको छ । बिहीबार कार्यालय प्राङ्गण सुकेधारामा एक कार्यक्रमको आयोजना गर्दै कार्यालयको उद्घाटन गरिएको हो ।

कुष्ठरोग नियन्त्रण तथा अपांगता व्यवस्थापन शाखाका प्रमुख डा. रविन्द्र बास्कोटाको प्रमुख आतिथ्ययतामा गरिएको उद्घाटन कार्यक्रममा नेप्रा ईभी जर्मनीकी कोषाध्यक्ष इडिथ मल्जर, टीएलएम नेपालको डाइरेक्टर शोभाकर कडेल, डमेन फाण्डेसनका लिडर डा. सुसिल कोइराला लगायत कुष्ठ रोगसँग सरोकार राख्ने विभिन्न व्यक्तिहरूको उपस्थिति रहेको थियो ।


औपचारिक कार्यक्रममा बोल्दै वक्ताहरूले आगामी यात्राको शुभकामना व्यक्त गरेका थिए । भाडाको कार्यालय मात्र नभई आफ्नै भवनमा सञ्चालन हुने गरी कार्य गर्न समेत सुझाव दिइएको थियो । उक्त शुभकामना ग्रहण गर्दै आइडिया नेपालका कार्यकारी निर्देशक अमर तिमल्सिनाले सबैको साथ, सहयोगबाट अगाडी बढ्ने जानकारी गराउँदै निकट भविष्यमा आफ्नै भवनमा आइडिया नेपालको कार्यालय बनाउने योजना रहेको सुनाए ।

कार्यक्रमका प्रमुख अतिथि तथा कुष्ठरोग नियन्त्रण तथा अपांगता व्यवस्थापन शाखाका प्रमुख बास्कोटाले नेपालमा अझै पनि २ लाखभन्दा बढी कुष्ठ रोग प्रभावित व्यक्तिहरू रहेको जनाएका थिए । कुष्ठरोग रोग निवारणका लागि आफ्नो ठाउँबाट सक्दो प्रयास गर्ने जानकारी गराएका थिए । आइडिया नेपालसँग सहकार्य गरेर अगाडी बढ्ने समेत प्रतिबद्धता व्यक्त गरे ।

आइडिया नेपालका अध्यक्ष दिनेश बस्नेतले कार्यक्रमको सभापतिको जिम्मेवारी बहन गरेको थिए । भने कार्यक्रमलाई आइडिया नेपालका कार्यकारी निर्देशक तिमल्सिनाले सञ्चालन गरेका थिए ।

कुष्ठ रोग प्रभावित व्यक्तिहरूको लागि रोग निवारण गर्ने उद्देश्य सहित देशव्यापी रूपमा एसोसिएसन फर आइडिया नेपालले सन १९९८ देखि नेपाल सरकार, सामाजिक संस्थाहरूसँग मिलेर कुष्ठ रोग निर्मूलका लागि कार्य गर्दै आइरहेको छ ।

 


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा