शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

बालेनको गरेको घोषणाले सिसडोलबासीमा छायो खुशियाली !


  • सोमबार, असार ६ २०७९
9.3K
SHARES

फाइल तस्विर

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँको फोहारेको डम्पीङ साइट रहेको नुवाकोटको सिस्डोलबासीलाई खुशियाली दिने घोषणा गरेका छन् ।

फाहोरको दुर्गन्धले उठिबास लाग्न लाग्यो भनेर सरकारसँग रोइकराई गरिरहेका सिस्डोलबासीमा एकै पटक खुशिको बहार ल्याउँने गरि बालेनले नयाँ योजना अघि सारेका छन् । बालेनले सिस्डोलमा रंगशाला र पार्क बनाउँने योजना आफ्नो रहेको बताएका छन् ।

काठमाडौँको फोहोरको दिर्घकालिन व्यवस्थापन नगरि कुनै उत्सव पनि नगर्ने र खादा माला पनि नलगाउँने घोषणा गरेर दिनरात काममा खटिएका बालेनले यस्तो योजना अघि सारेका छन् । उनले यस सम्बन्धमा आवश्यक परामर्श पनि सुरु गरेका छन् ।

आज बिहान एन्फाका पंकजविक्रम नेम्वाङसँगको भेटमा उनले सिसडोलको फोहोर व्यवस्थापन गरी त्यहाँ रंगशाला र पार्क बनाउने चाहना रहेको बताए।

उनले लिग खेल्ने काठमाडौंका क्वलबहरूमा बाहिरका खेलाडीको बर्चश्व रहेकोले स्थानीय खेलाडी टिम बनाउन लागिएको र त्यसका लागि रंगशाला पनि आवश्यक पर्ने बताएका थिए।

‘महानगरका क्लबबाट खेल्ने खेलाडी उत्पादन गर्नको लागि सम्बन्धित पक्षसँग सहकार्य गर्दै ग्रासरूट फुटबलका कार्यक्रम सञ्चालन गर्न चाहन्छौं,’ मेयर बालेनले भने, ‘सिसडोलमा रहेको फोहोरलाई उचित ब्यबस्थापन गरेर सुन्दर रंगशाला र पार्क निर्माण गर्न चाहन्छौं।’

काठमाडौंबाट सिसडोल करिब १२ किलोमिटरको दूरीमा छ।महानगरभित्रका ए डिभिजन क्लवलाई महानगरले बार्षिक १० लाख दिने गरेको छ।नेपाली फुटबलको विकास, विस्तार र कार्यक्रमबारे मेयर बालेनसँग सहकार्य गर्न तयार रहेको एन्फामा वरिष्ठ उपाध्यक्ष रहेका नेम्बाङले बताए।

‘हामी महानगरमा फुटबलको विकास र कार्यक्रममा सञ्चालनमा सहकार्य गर्न तयार छौं। सुशासन, आर्थिक पारदर्शीता, विकेन्द्रकरणलाई व्यवहारमा लागू गर्दै नेपाली फुटबललाई अगाडि बढाउन चाहन्छौं,’ उनले भने।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा