काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले उपमेयर सुनिता डंगोलको मनकै कुरा बुझिदिएका छन् । प्रायः सबै पक्षलाई मिलाएर लैजानसक्ने कला भएका मेयर साहले उपमेयर सुनिताले उठाउदै आएको महत्वपूर्ण योजना पूरा गरिदिएका हुन् ।
नीति तथा कार्यक्रममा सुनिताको भिजनहरु मध्येको एक महत्वपूर्ण भिजन आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरिएको छ । नीति तथा कार्यक्रममा काठमाडौं महानगरमा एमपी थिएटरहरु निर्माण गर्ने योजना अघि सारिएको छ । उपमेयर सुनिता डंगोलले आफ्नो चुनावी अभियानका क्रममा एमपी थिएटर बनाउने कुरा गरेकी थिइन् । उनको उक्त भाषण भाइरल नै भएको थियो ।
मेयरका प्रत्याशी बालेन्द्र साहको विषयमा टिप्पणी गर्दै डंगोलले आफूले चुनाव जितेपछि काठमाडौंमा एमपी थिएटर बनाएर बालेनलाई गाउन निम्त्याउने बताएकी थिइन् ।
बालेनका समर्थकहरुले उक्त भाषणलाई लिएर सुनितालाई ट्रोलसमेत गरेका थिए । तर, मेयर बालेनले आफ्नो नीति तथा कार्यक्रममा एमपी थिएटरलाई स्थान दिएका हुन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।