आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

सिके राउत जेलमा !


  • आइतबार, असार ५ २०७९
14.4K
SHARES

फाईल तस्बिर

काठमाडौँ – जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउत जेल गएका छन् । नागरिक उन्मुक्ति पार्टीका संरक्षक/डिजाइनर रेशम चौधरीलाई भेट्न रावत डिल्लिबजार जेल गरेका हुन् ।

उनीहरुबीच प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा गठबन्धन गर्ने विषयमा सहमति भएको छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच गठबन्धन गर्ने विषयमा सहमति भएको छ ।

असार २ गते काठमाडौंको डिल्लीबजार जेलमा पुगेर राउतले चौधरीसँग भेटघाट गरेको हुन् । पुराना पार्टीहरूले पटक–पटक सम्झौता, वार्ता र आश्वासनका नाममा आन्दोलनकारी शक्तिहरूसँग पटक–पटक धोखा मात्रै दिएको गुनासो चौधरीले गरेको पनि डा. राउतको सचिवालयले जनाएको छ ।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीका लागि डा. राउत विभिन्न जिल्लाको भ्रमण गरिरहेका छन् । स्थानी तहको चुनावमा अन्य दलसँग गठबन्धन नगर्दा परिणाम सन्तोषजनक नआएको भन्दै आसन्न निर्वाचनमा मधेसी दलसँग गठबन्धन गर्ने जनमत पार्टीले जनाएको छ ।

रेशम चौधरीको प्रतिनिधिसभामा दुई र प्रदेशसभामा ४ सिट निश्चित जस्तै छ । गठबन्धन गर्दा थप सिट हात पर्ने चौधरीको विश्लेषण छ ।

स्थानीय तहको निर्वाचनमा उक्त पार्टीले ४ वटा स्थानीय तहमा सान्दार जित निकालेको छ भने जनमत पार्टीले पनि दुईवटा पालिका जितेको छ । गठबन्धन गर्दा राम्रो परिणाम आउने दुवैको विश्लेषण छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा