काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै छ। आइतबार दिउँसो ३ बजे राष्ट्रिय सभा गृहमा नीति तथा कार्यक्रम सार्वजनिक गरिने महानगपालिकाका प्रवक्ता बसन्त आचार्यले जानकारी दिए।
उनका अनुसा नीति तथा कार्यक्रम सार्वजनिक गर्नुअघि कार्यपालिका बैठक बसेर त्यसलाई अनुमोदन गर्ने तयारी छ। नीति तथा कार्यक्रमको मस्यौदा तयार पार्नका लागि तीन सदस्यीय समिति बनाएको थियो।
महानगरमा १९ जना वडाध्यक्ष नेपाली कांग्रेस, १२ जना वडाध्यक्ष जितेको नेकपा एमाले र एउटा वडाध्यक्ष जितेको एकीकृत समाजवादीका घोषणापत्रलाई पनि नीति कार्यक्रममा समेटिने भएको छ।
महानगरपालिकाले आगामी १० असारमा बजेट ल्याउने तयारी छ। यसैबीच, मेयर बालेन साह आफ्नो निर्णयबाट ब्याक भएको चर्चा सुरु भएको छ । तर, यो बैठक प्रत्यक्ष प्रशारण नहनुको कारणबारे महानगर बोलेको छ । आजको बैठक पनि अनौपचारिक भएका कारणले लाइभ नभएको मेयर बालेन्द्र शाहको सचिवालयले जानकारी दिएको छ।
ाठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह निर्वाचित भएपछि कार्यपालिका बैठक लाइभ गर्ने पहिलो निर्णय गरेका थिए। यसअघि बसेका २ वटा बैठक भने लाइभ भएको थियो। कार्यपालिका सदस्यहरुको यसअघि बसेको अर्को एउटा बैठक पनि लाइभ भएको थिएन। त्यसलाई अनौपचारिक छलफल भन्दै लाइभ नगरिएको महानगरपालिका सचिवालय स्रोतले जानकारी दियो।
काठमाडौं महानगरपालिकाले आज नीति तथा कार्यक्रम ल्याउँदैछ। दिउँसो ३ बजे राष्ट्रिय सभा गृहमा नगर सभा आयोजना हुने र सोही सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको हो। कार्यपालिकाको बहुमतले नीति तथा कार्यक्रम पारित गर्नुपर्ने हुन्छ। त्यसमा बालेन्द्रलाई दलका जनप्रतिनिधिहरुको साथ अनिवार्य हुन्छ।